काेरोना ; त्यति हतार नगर न यार !!!

प्रकाशित मिति: २३ बैशाख २०७८, बिहीबार

काेरोना ; त्यति हतार नगर न यार !!!

काेरोना ; त्यति हतार नगर न यार !!!

दुई वर्षअघि चीनमा जन्मिस् ।
बिस्तारै विश्व दौडाहमा लागिस् ।
सक्नेले बुद्धि पुर्याए त्यहाँबाट भागिस् ।
जो गरिब छन् जो बेसहारा छन् उनैलाई लघारिस् ।

काेरना, त्यति हतार नगर न यार !!!

कति तर्साउँछस् ! कति रुवाउछस् !!
हामीलाई रुवाउन तैले दुख पाउनै पर्दैन ।
हामीलाई रुवाउन त यहाँ सिङ्गो सरकार छ ।
हामीलाई रुवाउन त यहाँ गनिनसक्नुका पार्टी छन् ।
हामीलाई रुवाउन त यहाँ पूरा नहुने सपना छन् ।

काेरना, त्यति हतार नगर न यार !!!

मेरो सपना दुई छाक खानु थियो ।
तैंले सोच्लास् त्यस्तो पनि सपना हुन्छ ?
हुँदो रैछ बाबै !!!
खान नपाउनेलाई खानकै सपना हुँदोरैछ ।
लाउन नपाउनेलाई लाउन कै सपना हुँदोरैछ ।
बस्न नपाउनेलाई बस्न कै सपना हुँदोरैछ ।
यी सारा सपना पुरा गर्नुछ !!!

त्यसैले काेरना, त्यति हतार नगर न यार !!!

आफ्नै उज्ज्वल भविष्य हेर्नुछ ।
सधैं सपना बनेको गास, बास र कपासको
यो महान सपना पूरा गर्नुछ ।
देशको भविष्य हेर्नु छ ।
नेपालमा अमेरिकीहरूले भिसा नपाएर
रोइकराइ गरेको हेर्नुछ ।

त्यसैले काेरना, त्यति हतार नगर न यार !!!

 

विद्यार्थीका भविष्यका सपना !!!
अभिभावकका सपना !!!
नेताका सपना !!!
गुन्डाका सपना !!!
डाक्टरका सपना !!!
इन्जिनियरका सपना !!!
पुलिसका सपना !!!
आर्मीका सपना !!!
सबै सबैका आ-आफ्नै सपना !!!
यी सबका सपना पूरा नगर्दै लान खोजेको ???
(आमजनताका सपना त भए पो !!!
ती मूर्छित सपना पूरा गर्ने आधार र माध्यम भए पो !!!)

काेरना, त्यति हतार नगर न यार !!!

कोरोना तलाई एउटा कुरा सोध्छु है ?
तँ त ३ वर्षको पुगिसकेछस् ।
अब त बोल्न पनि सक्छस् ।
अब त सुन्न पनि सक्छस् ।
अब त हिड्न पनि सक्छस् ।
र, सोधेको जवाफ दिन पनि सक्छस् ।
लौ भन् त, तलाई केको कमी भएर
विश्व भ्रमणमा हिडिस् ?

तलाई बेसार पानीले पुगेन ?
तलाई कागती पानीले पुगेन ?
तलाई अम्बाको पातको पानीले नि पुगेन ?
तलाई ग्रुज्रोको धुलोले नि पुगेन ?
नेपालका प्रधानमन्त्रीको धम्क्याइले नि पुगेन ?
आछ्यूसाछ्यूको गम्भीर अर्थै तैंले बुझिनस् ।

खा ! यिनै जडिबुटी खा !!
तर हामीलाई दु:ख नदे न यार !!!

हेर त कति लगिसकिस् :
तलाई दयामाया भन्ने केही लाग्दैन ?
हेर त कोरोना !!!
तल्लाघरे दाइ, माथ्लाघरे बहिनी,
उपल्ला घरे भाइ !!!
छि ! कसरी सम्झन सक्छु म यस्तो कुरा !!!
बिन्ति गर्दैछु, हातै जोडेर भन्दैछु !!!

काेरना, त्यति हतार नगर न यार !!!

 

यो पनि

जिन्दगी आजसम्म दौडदा दौडदै बित्यो ।
मिठो खान पाइएन ।
राम्रो लगाउन पाइएन ।
एउटा बस्ने बास बनेन ।
छोराछोरीको पढाइ नै सकिएको छैन ।
यत्तिकैमा तैंले लगिस भने
ती बबुराहरूको जीवन र
तिनको सपनाको हालत झन् के होला ?

काेरना, त्यति हतार नगर न यार !!!

तेरा रूप पनि कस्ता कस्ता हुन् ?
पहिला, दोस्रा र तेस्रा रूपहरू
अचम्मको छस् यार तँ पनि ।
बिहेका साडीका नम्बर जस्तो
पहिला नम्बरी, दोस्रा नम्बरी र तेस्रा नम्बरी ।
तैले पनि त्यहिँबाट सिकेको होस् कि ?
जताबाट सिकेको भए पनि केही भएन

तर कोरना
कृपया बिन्ती छ, यति हतार नगर्न यार !!!

तैंले भनेको हो या होइन थाहा भएन, तर
तेरो नाम पारेर भनिएका कुराहरू
सबै सबै हामीले मानेकै छौं ।

घरैमा बसेका छौं ।
सेनिटाइजर हातभरि दलिरहेकै छौँ ।
मास्क पनि उकुसमुकुस हुन्जेल लगाएकै छौँ ।
लकडाउनमा थुनिएर पनि
खुसी हुन खोजेकै छौँ ।
घरको भाडा तिरिरहकै छौँ ।
छोराछोरीले पढ्न नपाए पनि फिस तिरिरहेकै छौँ ।
काम गर्न नपाए पनि सरकारलाई कर तिरेकै छौँ ।
बैंकको महङ्गो व्याज तिरेकै छौँ ।

यसरी इमान्दारीपूर्वक काम गर्ने
जनताप्रति तलाई केको रिस ????????

त्यसैले बिन्ती छ काेरना,
त्यति हतार नगर न यार !!!
अहिल्यै लान्छु नभन न यार !!!

यो पनि

यो पनि मनपर्न सक्छ

राजनप्रसाद पोखरेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*