प्रिय गाेही

प्रकाशित मिति: २९ असार २०८१, शनिबार

प्रिय गाेही

रात्रि प्रहर सिद्धिनै आँटेकाे थियाे । एकातिर स्वार्थी चमेराहरू उडिरहेका थिए त अर्काेतिर निहत्था पीडितकाे क्रन्दन आवाज आइरहेकाे थियाे ।

“हैन, तँलाई सरम लाग्दैन ? किन अझैसम्म उठ्न नसकेकाे हँ ?” स्वप्निल हँकार्दै थियाे ।

“हेर स्वप्निल, पृथ्वीकाे भार बन्नेबाहेक अरू के नै भयाे र ? याे मातृभूमिका लागि ।” मैले एकै झाेक्कामा जवाफ फर्काएँ।

 

 

बचाओ ! बचाओ !! दुई बस, साठी हृदय एकै लेतेले लग्याे । आऊ न आऊ, बचाओ । एककाेहाेराे आवाजले मेराे कानका जाली अठ्यायाे।

“यति मात्रै कहाँ हाे र ! वर्षामा धेरै बगे, उद्धार पाएनन्, स्वार्थी बेइमानहरू हामीलाई बचाउन सकेनन् ।” स्वप्निल जाेड जाेडले कराउँदै थियाे ।

म साेच्दै थिएँ, “त्याे हलटाउकेकाे मृगाैला फेरेर बाँच्याे, त्याे घनटाउके चिरफार गरेर बाँच्याे, त्याे फरिया टाउके रगत फेरेर बाँच्याे भने त्याे भूँडे त भूँडी नै फेरेर बाँच्याे ।”

 

यो पनि

“हैन हैन, तिनीहरूले स्वार्थ फेरे अनि बाँचे हामी…. फेर्न सकेनाैँ अनि म¥याैँ ।” स्वप्निल भन्दाभन्दै इन्तु न चिन्तु बन्याे ।

झरीकाे झरझर आवाजमा मैले पनि मनका धेरै फाइल खाेल्दै थिएँ । फाइल खाेल्दा खाेल्दै झस्याङ ब्युँझिएँ।

उता मुग्लिन नारायणगढ सडककाे सीमलताल करुण स्वरमा भिख माग्दै थियाे, यता निलेर आँसु झार्ने एकआपसका फूलबुट्टे प्रिय गाेही असारे बिहानीसँगै संसद्काे बटुकाेमा भिख माग्दै थिए ।

यो पनि मनपर्न सक्छ

शेखर अर्याल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*