साथीका चार प्रकार

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहीबार

साथीका चार प्रकार

साथी, सम्बन्धै कस्तो ?
जतिबेलै सँगसँगै बसौँ जस्तो !
उसका लागि घर-परिवार पनि छोडौँ जस्तो !

तर पनि घरबार मिलाउनै पर्यो !
यसो मेसो मिलाएर निस्कनै पर्यो !
हप्तामा एक दुई पटक चस त गर्नै पर्यो !
हप्तामा एक दुई पटक भेट गर्न नपाउँदा
के के न के के बिराए जस्तो !!!

साथी एउटा यस्तो सम्बन्ध !
खै कसरी बयान गरौँ ?
कतै सुनेको थिएँ ,
साथीका चार प्रकार ;
हलो साथी : हेल्लो भन्ने
चलो साथी : चलौँ भन्ने
ढलो साथी : ढलाइ नै दिने
भलो साथी : सधैं भलो ठान्ने !!!

हलो साथी हलो भन्छ, यस्सो हात हल्लाउँछ,
परैबाट मुसुक्क हाँस्छ र हिड्छ ।
उसका निम्ति त्यही हलो नै वेश !
उसका निम्ति त्यही हलो नै काफी !!
उसका लागि त्यही हलो नै दामी !!
ऊ यसैमा खुसी हेल्लो हाई,
क्या दोस्तीमा छौँ भन्दै मख्ख हामी !!!
यत्तिकैमा आजलाई बाई बाई !!!

 

चलो साथी
भेटघाट हुन्छ हलो भन्छ
हलो पछि चलो भन्छ !
सामान्य बोलीमै कतै चल्दिनु पर्ने उसको माग हुन्छ !
कतै जाने, चल्ने र बरालिने !
लहलहैमा चल्यो दिन यत्तिकै बित्यो !
के के खायो केही हुन्न साथमा !
न गोजीमा दाम, शुन्य हुन्छ हातमा !!!
काम छैन, हिड्यो, कसैलाई जिस्क्यायो
कसैको गहना कुम्ल्यायो, कसैको पकेट ।
केके राखेको तान्ने भयो बनाई चकलेट !!!
न घरमा माफ, जताततै चाप,
चौतर्फी दबाब, अनि भयो अपराधीको बाप !

ढलो साथी सुरुमा साह्रै मज्जा !
सुरुवाती कुरा साह्रै सच्चा !!
फकाउँछ धेरै फुर्क्याउँछ,
हजार लाख खर्च नि गर्छ,
ज्यानै दिएजस्तो नि गर्छ ।
दोस्ती राम्रै बढ्दै गयो, गाह्रो हुन्छ छुट्टिन !
उसका करतुत थाहा हुन्छन् अनि थाल्छौँ भुट्टिन ।
कहाँ लगेर पधार्नु छ,
कस्तो अपराध बोकाउनु छ ?
के के योजना बुनेका हुन्छन् ? त्यो त के था र !!!
मख्ख हुँदै पछि लाग्यो, केही समय रमायो ।
अनि ! अनि !! खै कतिबेला हुन्छ ?
गर्ल्याम्मै ढलाउँछ र खाल्डो मै पार्छ ।
गल्ती गरेको आफू हुन्छ
तर त्यसको सबै भार बोकाएर भाग्छ ।
अनि रुँदै गीत गाउँदै :-
आमा रुन्छिन् घरैको पिँढीमा
यता छोरो अपराधी चिसो छिँडीमा !!!

 

यो पनि

भलो साथी सबैको भलो गर्छ !
सुरुवातमा खस्रा कुरा गर्छ,
चिल्लोचाप्लो कुरै गर्दैन !
यस्तो लाग्छ किन यस्तो उल्टो कुरा गरेका ?
किन रिसाए जस्तो गरेका ???
तर, तर ऊ रिसाएको नि हुन्न,
नचाहिने काम छुँदै छुन्न ।
परेको बेला सहयोग नि गर्छ,
बरु आफू मर्छ, साथीलाई बचाउँछ ।
नाटकीय शैलीमा कैले रगत दिन्छ
कहिले उसका अगाडि ढाल बनेर उभिन्छ ।
जे गर्छ भलो नै गर्छ ।
किनकि ऊ नराम्रो चाहँदैन !!!

परिस्थिति यस्तै आयो साथी चिन्नुपर्ने
विश्वास नभएसि, फुकी पाइला चाल्नुपर्ने !!

साथीको यो मेरो कुरा कस्तो लाग्यो कुन्नि ?
तपाईं हामी पनि यस्तै साथ-सङ्गतमा छौँ नि !!!

यो पनि मनपर्न सक्छ

राजनप्रसाद पोखरेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*