पाखण्डी पारख

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

पाखण्डी पारख

उता चित्कारकाे धुनसँगै
नारायणगढ मुग्लिन सडकमा
गडगडाउँदै वेगले
सीमलतालकाे पहिराे जाँदा
जाेडी ठुला दुई ढुकुर
मनदरबारकाे सिंहाशन गडगडाइरहेछ
हेलिएर दुई यात्रुवाहक बस
त्रिशुलीकाे समाउँदा गर्भ पनि
सम्भाेग बडे बडे ढुकुरकाे
भएर हाेला चरमाेत्कर्ष
पत्तै भएन हेलिएकाे त्रिशुलीमा
हेर्दा हेर्दै तिम्राे लिला
केही छलिए कसरी त्यहाँ
छेउछाउ ओत लागेका
निहत्था अङ्गभङ्ग बेपत्ता ती
उद्धार उपचारकाे भिख मागिरहेछन् ।

यता बडे बडे मनतन्त्रकाे दरबारमा
घर घरमा पदकाे बाढी पसेर
साँढे साँढे जुराे हल्लाउँदै
दलेर माटाे जनशिरमा
मनदरबारका पाखण्डीहरू
केवल पाखण्डकाे विजयाेत्सव मनाइरहेछन् ।

 

उता बाढीपहिराेकाे चपेटामा
मानव माग्दै सुरक्षाकाे भिख
छामछुम गर्दै तड्पिएर
एक मुठी श्वासका खातिर
सीमलताल, शाेकमग्न राैतहट
अन्तस्करणबाट भिख मागिरहेछन् ।

यता मनदरबारमा खै किन हाे ?
भुटानी, गिरीबन्धु, वालुवाटार, कैलाली
अनि सुन, नुन बनेका घुन काण्ड
खै, अरू केले हाे केले
पाेल्नसम्म पाेल्याे नाक ठड्याउनेलाई
एउटा सुशासन भन्दै
तड्पिन्छ जाेगाउन हरपल
बल न्वारानकाे झिक्दै
अर्काे खडा गर्दै दुई स्तम्भ
फैलाएर ताल जाल
माछा ढाेक्सामा पारिरहेछ।

 

यो पनि

साहित्य

खै ! के नाप्याै ?

एक तन्त्रीय शासन भाे यसकाे जरा काटाैँ भन्थ्यौ जनताकाे मुहार हँसाउन चरम विकास गराैँ भन्थ्यौ सात छत्तिस छयालिस त्रिसठ्ठीमा जनताका […]

उता घिटीघिटी हुँदा मनमाेहन
फाल्नसम्म श्वास फाल्ने
आफ्नै कन्दनी दिई बाँध्न लगाउने
त्रिभुवन विश्वविद्यालय निल्ने
संस्थान भर्तीकेन्द्र बनाउने
उद्याेग निजीकरण गर्ने
महाकाली धरापमा राख्ने
ती चञ्चले धर्तीका सलहहरू
काेशी, नारायणी, कर्णालीकाे वहावसँगै
बसी मनदरबारकाे सिंहशानमा
धर्तीकै छातीमा लात हानिरहेछन् ।

यता खाना, छाना, नानामा तड्पेका
भूमरीकाे भूमरीमा घुमेका
स्वर निकाल्दै विद्राेहकाे
मनदरबारकाे खिल्ली उडाइरहेछन्
उथलपुथल संविधानका धारा
घुमाउँदै दिमागी गिर्खा
सीमलतालमा हाेइन
मनदरबारकाे ढाेका उघार्छन्
सलहका लगाैटियारहरू
भन्दै पुगेन राहत
आँ आँ मुख वाएर
सलह चाराेमै तड्पिएछन् ।

उता आँ आँ गर्दै तड्पिएका सलह
माेजमस्तीमा रमाइरहेछन्
खै अरू के के गर्छन् थाहा भएन
यताका भने पहिराेकाे जाेखिममा
ओडेकाे खाेल भन्दै संविधानकाे
खाेलमाथि खाेल ओडिरहेछन् ।

यता उता हाेइन अब
जनदरबार सजाऊ
सलहकाे खाेल हाेइन
आफ्नै वस्त्र लगाऊ
परेर स्वार्थैस्वार्थकाे चङ्गुलमा
सलह भेँडा बनाइरहेछन्
स्वार्थका खातिर खै किन हाे
सलहकै शिकार बनिरहेछन् ।

यो पनि मनपर्न सक्छ

शेखर अर्याल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*