खै ! के नाप्याै ?

प्रकाशित मिति: ७ जेष्ठ २०७८, शुक्रबार

खै ! के नाप्याै ?

एक तन्त्रीय शासन भाे
यसकाे जरा काटाैँ भन्थ्यौ
जनताकाे मुहार हँसाउन
चरम विकास गराैँ भन्थ्यौ
सात छत्तिस छयालिस त्रिसठ्ठीमा
जनताका लागि लड्याैँ भन्थ्यौ
लडेर तिमीले अाफ्नै भविष्य नाप्यौ
खै ! देश र जनताका लागि के नाप्यौ ?

जनता भाेकमरीमा छन्
महामारीकाे चपेटामा छन्
अत्याचारीकाे चङ्गुलमा परेर
शाेषितपीडित भएका छन्
तिमी जनअधिकार नाप्छाैँ भन्थ्यौ
खै ! देश र जनताका लागि के नाप्यौ ?

 

नाप्यौ त तिमीले
लाउडा धमिजा
नाप्यौ त महाकाली
गन्नेमा सत्तरी कराेड नाप्यौ
संस्थान हुँदै पाठशाला नाप्यौ
नाप्नसम्म नाप्यौ तिमी
खै ! देश र जनताका लागि के नाप्यौ ?

संविधानका अङ्ग पनि नाप्यौ
निर्वाचन अायाेग पनि नाप्यौ
अख्तियार पनि नाप्यौ
शिक्षा स्वास्थ्य राेजगार नाप्यौ
खै ! देश र जनताका लागि के नाप्यौ ?

 

सडक रेल नाप्यौ
पानीजहाजकाे जहाज नाप्यौ
नाप्यौ भ्रष्टाचारी खुराक
नाप्यौ गुण्डागर्दी रवाफ
सबैमा सन्त्रास नाप्यौ
नाप्नसम्म नाप्यौ तिमी
खै ! देश र जनताका लागि के नाप्यौ ?

नाप्दै गयौ जुटकाे खेल
नाप्यौ झुटकाे खेल
टुटफुटकाे खेल पनि नाप्यौ
मात्र अाफ्नै स्वार्थ नाप्यौ
खै ! देश र जनताका लागि के नाप्यौ ?

यो पनि मनपर्न सक्छ

शेखर अर्याल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*