देशका लागि के गरेँ ?

प्रकाशित मिति: २३ असार २०८१, आईतवार

देशका लागि के गरेँ ?

आफैँलाई प्रश्न सोध्न मन लाग्छ, देशका लािग के गरेँ ।
जीवनभरि म यसले गरेन र उसले गरेन भन्न अघि सरेँ ।।
म पढेलेखेको छु भन्ने मान्छे, अनपढभन्दा पनि तल झरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

उपभोक्ता समितिले पेश्की लिँदा नै बोल कबोल गरेँ ।
काम नै नगरी किर्ते विल भरपाई बनाएर फस्र्योट गरेँ ।।
कर्मचारी वर्गलाई भ्रष्ट हुन मैले आफैँ आमन्त्रण गरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

चुनावमा खल्ती भरिदिए मत दिने दिलाउने वाचा गरेँ ।
खर्च गरेरै चुनाव जितिन्छ भन्ने नेताको दिमागमा भरेँ ।।
अर्को चुनावको लागि खर्च जुटाउन आफैँ प्रोत्साहन गरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

किर्ते गरी बंैङ्कबाट ऋण लिएर उद्योग स्थापना गरेँ ।
कार्यकर्ता, आफन्त अनि नेताका मान्छेले उद्योग भरेँ ।।
घाटा भएपछि आगो लगाएर क्षतिपूर्तिको दाबी गरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

कमाउन कहिले स्वदेशी त कहिले वैदेशिक व्यापार गरेँ ।
करोडको सामान आयात निर्यातमा हजारको दस्तुर तिरेँ ।।
मिसावटयुक्त र नक्कली सामान बेच्न भनी बिल्ला भिरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

समाजको विकास गर्न सामाजिक संस्थाको गठन गरेँ ।
प्रतिशतमा कमिशनको वाचा गरी प्रस्तावना फारम भरेँ ।।
संस्थाले राम्रो काम गरेको छ भन्ने देखाउन चारो छरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

नेतालाई समाएर फकाएर र धम्काएर जागिरमा छिरेँ ।
बढुवाको लागि भनसुनले मात्र पुगेन र नजराना तिरेँ ।।
कर्मचारीको नेता बनेँ बैठक सभा र गोष्ठीतिर सरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

शैक्षिक गुणस्तर कायम गर्नुपर्छ भन्दै शिक्षकमा छिरेँ ।
विद्यार्थीहरुलाई पढाई छाडी राजनीति गर्न प्रेरित गरेँ ।।
कक्षामा पढाउनभन्दा बढी पार्टीको काममा अघि सरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपालको लागि के गरेँ ??

विपे्रषण भित्र्याउन वैदेशिक रोजगार कम्पनी दर्ता गरेँ ।
नक्कली कागजात बनाएरै भए पनि पठाउन अघि सारेँ ।।
फ्री भिसा र फ्री टिकट आउँदा नि लाखलाख लिने गरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

यो पनि

साहित्य

आमाको क्रन्दन

प्राण जानै लाथ्यो सहन नसकेर पीडा प्रसवको, सबै बिर्सेथे तत्कालै लिएर आनन्द तिम्रो स्पर्शको । खुशी अति छाएथ्यो तिमी पृथ्वीमा […]

निष्पक्ष पत्रकारिता गर्छु भन्दै म संचारजगतमा छिरेँ ।
यति नपाए के–के गर्छु भन्दै मोलमोलाइमा अघि सरेँ ।।
नदिनेको धज्जी उडाएँ दिनेको दिनानुदिन स्तुति गरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

म निर्माण व्यवसायी प्रतिशतमा कबोल गरी ठेक्का गरेँ ।
करोडको काम केही लाखमा पेटी ठेकेदारलाई कृपा गरेँ ।।
काम नसक्दै बिग्रे भत्के पनि गर्न सक्ने ठेकेदारमा परेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

देश बनाउँछु भन्दै पार्टीको राजनीति गरेँ, खल्ती भरेँ ।
नेता बनेँ, गाउँ छाडेर राजधानी झरेँ, महल खडा गरेँ ।।
सांसद बनेँ, मन्त्री बनेँ, अनि कमिसनले बैंक खाता भरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

अनि म प्रगति गर्ने बहानामा गाउँबाट सदरमुकाम झरेँ ।
तराई सरेँ, ठूलो राजमार्ग पछ्याउँदै रानधानीमा छिरेँ ।।
अनि जल, स्थल वा आकाशमार्ग हुँदै परदेशतिर फिरेँ ।
आखिर मैले मेरो आफ्नो देश नेपाललको लागि के गरेँ ??

यो पनि मनपर्न सक्छ

बन्धु पोख्रेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*