आमाको क्रन्दन

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

आमाको क्रन्दन

प्राण जानै लाथ्यो सहन नसकेर पीडा प्रसवको,
सबै बिर्सेथे तत्कालै लिएर आनन्द तिम्रो स्पर्शको ।

खुशी अति छाएथ्यो तिमी पृथ्वीमा पदार्पण हुँदा,
भाग्यमानी सम्झेथेँ आफैँ प्रथम पटक तिमी रुँदा ।

आनन्द मिल्दथ्यो तिमीलाई स्तनपान गराउँदा,
द्रविभूत हुन्थेँ म तिमी आँ आँ उँ उँ गरी कराउँदा ।

छाती चरक्क चकिन्थ्यो नदेखेको बेला तिमी रुँदा,
तिमी रून छोड्थ्यौ म फर्केर आई तिमीलाई छुँदा ।

‘को खा को खा’ भन्दै हरदिन तिमीलाई खुवाउँदा,
खुबै मच्चिथ्यौ नाच्यो मेरो बाबु भन्दै नचाउँदा ।

मस्किन्थ्यौ तिमी खुब तातेताते भन्दै डुलाउँदा,
छिट्टै निदाउँथ्यौ तिमी झोँकमा राखेर भुलाउँदा ।

नसुतेरै बित्थे रात तिमीलाई बिसन्चो भयो भने,
तड्पिन्थे म विह्वल भै तिमी अलि बढी रोयौ भने ।

स्कुल जान्छु भन्दै झोला बोकी तिमी तैयार हुँदा,
लाग्थ्यो डर केही होला कि दिनभर साथ म नहुँदा ।

यो पनि

टीओएन विशेषसाहित्य

म नेपाली मान्छे

म पहाडमा जन्मी–हुर्की मधेशमा बस्ने मान्छे। ऊ मधेशमा जन्मेर काठमाडौंमा बस्ने मान्छे ।। जतातता जन्मे पनि जताजता बसे  तापनि। आखिर […]

‘क ख ग घ’ भन्दै तिमीलाई पढ्न लेख्न सिकाएथेँ,
तिम्रै प्रगतिका खातिर पढ्न टाढा पनि पठाएथेँ ।

हाम्रो धर्म र संस्कृति अलिकति गरी सिकाएथेँ,
यो गर्नु, यो नगर्नु भन्दै भविष्यको बाटो देखाएथेँ ।

आमा रमाउँछन् नि छोराछोरीको ठूलो प्रगतिमा,
आमाको संसार नै अडेको हुन्छ आफ्ना सन्ततिमा ।

म सोच्दछु यो वात्सल्य कायम रहनेछ, सधैँभरी,
छोराछोरी आमाबाट टाढा हुन सक्छन् कसोगरी ।

यो पनि मनपर्न सक्छ

बन्धु पोख्रेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*