नेत्र बन्धु पोख्रेल
पिता स्व. खुमप्रसाद पोख्रेल ‘वैद्य’ र माता खगिश्वरा पोख्रेलको कान्छो सन्तानको रुपमा २०२० साल साउन १६ गते पाणिनी तपोभूमि, पणेना, अर्घाखाँचीमा जन्मिएका हुँ ।
स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी स्वास्थ्य र समाजसेवाको क्षेत्रमा शोधअनुसन्धानको क्रममा विगत आठ वर्षदेखि संयुक्त राज्य अमेरिकामा छु ।
रेडक्रस, एमनेष्टी इन्टरनेशनल जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा आबद्ध हुनुका साथै आधा दर्जनभन्दा बढी संघसंस्थाको नेतृत्व तहमा रहेर काम गरिसकेको छु ।
सानै उमेरदेखि लेखनमा रुचि हुनाले कैयौँ साहित्यिक प्रतियोगिताहरुमा पुरस्कृत भएको छु । मेरा लेखरचना तथा कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।
कविता लेख्न विशेष रुचि राख्ने र आफ्नो जीवनको लक्ष्य नै समाजसेवा हो भन्न मन पराउने म बन्धु पोख्रेल हाल अन्तराष्ट्रिय साहित्य समाजसँग समेत आबद्ध छु ।
पाणिनि तपोभूमिको मौलिक लोक भजनको महत्व र इतिहास कोट्याउने प्रयास
संस्कृति जीवनयापनको जीवन्त अभिव्यक्ति हो । समाजको ऐना हो जसमा समुदायको सामूहिक परिचय हुन्छ । सांस्कृतिक धरोहरहरू समाजका आधार हुन […]