पाणिनि तपोभूमिको मौलिक लोक भजनको महत्व र इतिहास कोट्याउने प्रयास
प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार
संस्कृति जीवनयापनको जीवन्त अभिव्यक्ति हो । समाजको ऐना हो जसमा समुदायको सामूहिक परिचय हुन्छ । सांस्कृतिक धरोहरहरू समाजका आधार हुन । संस्कृतिले मानिसको चालचलन, भाषा, संस्कार, धर्मको समग्रतालाई जनाउँदछ र सोही अनुसार व्यक्ति र समाजको पहिचान खुलाउँछ । जब संस्कृतिको महत्व ज्ञात हुन्छ तिनको मूल्य र महत्त्वको अनुभूति दिलाउँदै संस्कृतिको संरक्षण गर्न र प्रचारप्रसार गर्न प्रोत्साहन दिन्छ । यसले सामूहिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुग्छ ।
भगवान अनि देवी देवताका किर्तन भजनहरु गाउनु हिन्दूहरुको परम्परा हो । किर्तन भजनहरु पहिले श्रुति परम्परा मै थिए । लिपिबद्ध गर्ने अडियो रेकर्डिंग गर्ने, भिडियो बनाउने सम्म पुग्दा अभिलेखीकरण गर्न प्रचार प्रसार गर्न र टाडा पुर्याउन प्रविधिले सरल र सहज बनाउँदै लगेको छ । मन्दिर परिसरमा सुमधुर संगित सहित गाइने भजनले त्यसको नजिकको क्षेत्र नै उल्लासमय हुने गर्दछ र त्यसले छुट्टै रौनकता प्रदान गर्दछ ।
पाणिनि तपोभूमी क्षेत्रमा भजनको छुट्टै महत्व छ । यस क्षेत्रमा भजन भगवान देवी देवताको प्रार्थना उपासना संगसंगै संगित र मनोरन्जनको एउटा माध्यम पनि हो । गुल्मी स्यांजा बाग्लुंग तिर हुने जस्तो सॉगितिक कार्यक्रमहरु दोहोरी गीत गाइने प्रचलन यहॉ पाइंदैन । यो क्षेत्रमा तिहारको दीपावली देखि शुरु भएर ठूली एकादशी अर्थात हरि बोधिनी एकादशी सम्म गाइने नाचिने सोरोठी मारुनी नाचहरु र बिबाहमा सुन्न पाइने पन्चे नौमति बाजाको आवाज अनि तीजको समयमा महिलाहरुले गाउने तीजका गीतहरु धान रोपाईंको समयमा गाइने असारे गीतहरु ( जसलाई वाली भन्ने गरिन्छ )बाहेक विभिन्न समयमा घर आँगन र सामूहिक रुपमा आयोजना हुने भजन किर्तनका कार्यक्रम हरु नै संगित सुन्ने गाउने नाच्ने अवसरहरु हुन जहॉ खैंजडी मजुराको संगितमा अभ्यस्त भजन गायकहरुको दरिलो स्वर संगै सिकारु गायकहरुको प्रयास गुन्जिन्छ । छोरो जन्मेको छैटौं दिनको राति भावि आएर निधारमा भाग्य लेखेर जान्छ त्यसैले त्यो रातभर बत्ति बलेर उज्यालो पार्नु पर्छ, भजन गाउनु पर्छ अनि उल्लास पूर्ण वाताबरण राख्नु पर्छ भन्ने मान्यता थियो र यद्यपि कायम छ । सो दिनको लागि भजनेहरुलाई विशेष रुपमा र अरुलाई साधारण निमन्त्रणा गरिन्थ्यो । भजन गाउन शुरु गर्नु भन्दा पहिले भजनेवाई सेतो कपडाको फेटा बॉधि दिने चलन थियो सायद सम्मान र पहिचानको लागि त्यसो गरिएको होला । अर्को दिन बिहान भजनेहरुलाई अलि बढी तर उपस्थित सबैलाई पैसा बॉड्ने चलन थियो । पैसा बॉड्ने भएकोले निमन्त्रणा नपाई जाने चलन हुँदैनथ्यो । अरु चलनहरु कायम भए पनि पैसा बॉड्ने चलन हराउँदै गएको छ ।
तीजको कार्यक्रमहरुमा पुरुषहरुको सहभागिता हुँदै नहुने त होइन तर अत्यन्त न्यून । गाउने नाच्ने कुरा महिलामा सिमित हुन्थ्यो । किर्तनका कार्यक्रमहरुमा महिला पुरुष दुबै गाउँथे तर मूल रुपमा पुरुष नै गाउँथे भने भजनमा पुरुषको एकाधिकार थियो । भजन किर्तनमा महिला पुरुष दुबै नाच्ने चलन थियो तर संगै होहन ( अहिले महिला पुरुष संगै नाच्ने चलन पनि छ ) । तीजमा कहिले लस्के त कहिले चोटिलो भाकामा नॉच्ने महिलाहरु भजनमा पनि आफ्नो नॉच्ने कला प्रदर्शन गर्थे । आम्खरामा पानी भरेर टाउको माथि राखेर फैंकेर नाच्दा आम्खरा नढल्ने अनि पानी पनि नपोखिने शीपयुक्त नाच बिशेष मानिन्थ्यो ।
Advertisement
यसो त भजन प्रायः हरेक गाउँमा गाइन्छ । पाणिनि तपोभूमि क्षेत्रमा बल्घा/फलॉटे, सोमादि तांसिंगल, खिदिम, पटौटी, ढॉड, धातिबांग, अड्गुरी, माझकोट/ ठूला पोखरा वॉग्ला बल्कोट लगायत सबै जसो गाउँ ठाउँमा गाउने प्रचलन रहेको जानकारी भएको हो तर पणेनाको भजन अलि बढी लोकपृय र प्रचलित हुन पुग्यो र अहिले पनि छ । पहिले माझकोटको भजन गुल्मी अर्घाखॉची क्षेत्रमा निकै लोकपृय थियो ।त्यहॉ त्यसको निरन्तरता छ तर त्यो खालको प्रसिद्धि कायम रहन सकेको देखिंदैन । त्यहॉ गाइने राग र भाका नै पणेनामा पुगि लोकपृय हुन पुगेको र निरन्तरता पाएको विश्वॉस गरिन्छ । माझकोटमा गाइने भजन धनदास प्रभुले रचना गर्नु भएको भन्ने विश्वॉस भएको पाइयो । यो भन्दा अघिल्लो पुस्ता त्यहॉ भजनमा निकै लोकपृय थियो र भजन गाउन पाल्पा सम्म पनि पुग्दथ्यो । त्यो समयका भजनेहरुमा बर्मे भन्ने इन्द्रमणि पान्डेय, मित्रलाल रेग्मी, रघुबीर खत्री, बालुराम पंथी, गैरेली छबिलाल बंजाडे, बॉझापोखरे सोवाखर पौडेल निकै कहलिएका भजने थिए । त्यस पछिको पुस्तामा माइला साहु टिकाराम पौडेल, साहिंला साहु छबिलाल पौडेल, काहिंला साहु ज्ञानिराम पौडेल लगायत हुनु हुन्थ्यो । वहॉहरु सबैजनाको स्वर्गारोहण भैसकेको छ । हाल माझकोट/ठूला पोखराका भजन मन्डलीमा तुल्सिराम पौडेल,किसानका सूर्य भन्डारी, माजाघरे बाबुराम पौडेल र खिमलाल पौडेल, ओजाथुमका कृष्ण प्रसाद पौडेल, च्यानडॉडाका कृष्ण प्रसाद पौडेल, भटारेबारीका ओम प्रसाद पौडेल, चॉपकारुखे डिलाराम पौडेल, च्युरिकारुखे गोबिन्द पान्डेय, ठूलाघरे सालिकराम पान्डेय, गैराको पिताम्बर बंजाडे, बिनिराम बंजाडे, पंथीटोलाका नेत्र प्रसाद पंथी, चिहानडाँडाका देविलाल पौडेल र जिवलाल पौडेल, औरबासका दिनानाथ पान्डेय हुनु हुन्छ । स्थानीय रुपमा वहॉहरुको भजन लोकपृय छ ।
पणेनामा भजन गाउने चलन कहिले देखि शुरु भयो त्यो अनुमान गर्न पनि गाह्रो छ यहॉ पोख्रेल बस्ति कायम भए देखि नै कुनै न कुनै रुपमा भजन किर्तन गाउने गरेको बुढापाकाबाट सुन्दै आएको हो । अहिले गाइने भजनको शुरुआत गर्ने श्रेय ठूलाभिरे साइंला भनेर चिनिने दिनानाथ पोख्रेल र उपल्लारे भुवानन्द पोख्रेललाई जान्छ । दिनानाथ नजिकका बालबालिकालाई अक्षर चिनाउने व्यक्ति पनि हुनु हुन्थ्यो । अघिल्लो पुस्ताका धेरै जनाले वहॉको घरमा गई धलौटो, पाटीमा कोरेर अक्षर चिन्नु भएको लेख्न शुरु गर्नु भएको जानकारी पाइन्छ । वहॉ र भर्लेनीका खुम प्रसाद पोख्रेल बैद्य मिलेर तीनवटा आरति तथा दुइवटा निर्गुण गाउने गर्नु भएको रहेछ । त्यस पछि दिनानाथको समूहमा भविश्वर( नयखर्क ) र शिवलाल( कोलपरी ) रहनु भयो भने खुम प्रसाद वैद्यले उपल्लारे नयखर्क कर्णानन्द, मास्टर गुनाखर नयखर्क जगन्नाथ, खगिश्वर ( नारिखर्क )समेतको समूहमा गाउने गर्नु भयो । वहॉले महाभारत, रामायण जस्ता ग्रथहरुसंग संबन्धित भजन गाउन पोख्त हुनु हुन्थ्यो । पछि त्यो समूहमा उपल्लारे चोप नारायण नयखर्क झविलाल आदि थपिनु भयो । दिनानाथको स्वर्गारोहणले जोडि छुटेको महशुसको साथमा वैद्यको काममा बस्त रहनु पर्दा खुम प्रसादले भजन गाउन छोड्नु भयो । भजनेको रुपमा बरणि भई गाईरहेको अबस्थामा पनि बिरामी आएमा उपचार तिर लाग्नु पर्ने स्थितिमा गाउन कठीन हुँदै गएको हुनु पर्छ । दिनानाथ निसन्तान हुनु भएकोले आफ्नो दाजुका छोरा रेनुकान्तलाई आफ्नो घरमा राख्नु भएको थियो जसले दिनानाथले गाउने सबै भजन गाउन सिक्नु भएको थियो । तर दिनानाथको स्वर्गारोहण पछि भजनमा नयखर्क भविश्वरले नेतृत्व लिनु भयो । वहॉको नेतृत्व र शिवलाल पोख्रेलको साथमा भजन गाउने क्रम अगाडि बढ्यो । त्यहि समयमा उता निगालीका दाईं हाल्ने भनेर चिनिने धनिराम र क्योर्पाने भेकलालले पनि भजन गाउनु क्रम शुरु गरिसक्नु भएको थियो । पछि भेकलालले भविश्वर शिवलाल टिम मै गाउन थाल्नु भयो भने धनिरामको समूह निगाली तर्फ सकृय रह्यो । यसै बीचमा त्यो बेलाको भजनमा नाम कमाएको माझकोटको भजन पनि सुनौंन भन्ने सल्लाह भएछ र सो समूहका केही व्यक्ति माझकोट पुग्नु भएछ र त्यहॉ गाइने राग र भाका राम्रो मानेर फर्के पछि पणेनामा गाइने भजनलाई माझकोटका राग र लयमा ढालियो । भविश्वर शिबलाल टोलिमा गैरबारे पुन्डरी, क्योंर्पाने भेकलाल, पल्लाटापुका मणिरत्न, ठुलाभिर रेनुकान्त, लाहुरे कमल, गैरबारे पशुपति र नयखर्के कान्छा अर्थात टिकाराम रहनु भएछ । पछि त्यो टोलीमा पल्ला टापुका टामलाल जोडिन पुग्नु भयो । भविश्वरको निधन पछि सो टोलिको नेतृत्व रेनुकान्तले लिनु भयो । उता खोलापारी तिन्धारे सल्लेधारा क्षेत्रमा नयखर्के झबिलाल र मौआरुखे चिन्तामणी पनि वहॉहरु संगै गाउँदा गाउँदै आफै गाउन थाल्नु भएको थियो र वहॉहरुलाई साथ दिनु हुन्थ्यो बलराम पोख्रेल र सल्लेधाराका चोपनारायण र थानेश्वर पोख्रेल अनि जुठाखोले प्रेमबहादुर । गाउँको टोलिसंग संगै गाउँदा दुइजना अलग अलग समूहमा रहेर गाउने गर्नु हुन्थ्यो झविलाल र चिन्तामणि ।
पणेनाको यो भजन लोक पृय हुँदै गयो । टाडा टाडा सम्म भजन गाउन टोलिलाई बोलाइन्थ्यो । भविश्वर शिबलालको जोडि संग भएका दुइवटा ठूला खैंजडीबाट निस्कने स्वर र वहॉहरुको मुखबाट निस्कने राग सॉच्चै नै मन मोहक हुन्थ्यो । त्यस्तै तिन्धारे सल्लेधारामा झविलाल पोख्रेलको आवाज निकै लोकपृय थियो । भजने भनेकै भविश्वर, शिवलाल र झविलाल भन्ने भाष्य जस्तै बनेको थियो कुनै समय ।
तर अहिले बर्षौं बितिसकेका छन । दिनानाथ, भुवानन्द, खुम प्रसाद वैद्य, भविश्वर, शिवलाल, पुण्डरी, टिकाराम, झबिलाल, चिन्तामणि, दाइहाल्ने धनिराम, जगन्नाथ, भेकलाल, झविलाल, रेनुकान्त, प्रेम बहादुर लगायत भगवानको प्यारो भइसक्नु भएको छ । अहिले मेघराज पोख्रेलको नेतृत्वमा पल्ला टापुका टामलाल, गैरबारे तेज प्रसाद, नयखर्क लिलाहरि, लाहुरे तिलकराम र टिकाराम, नुन्थले तारा, कुटिका हरि, जैशीका इश्वरी, बॉस्पाने बिष्णु, टापुका प्रेम, बॉस्पाने नित्यानन्द लगायतका व्यक्तिहरु संलग्न भजन मण्डली सकृय छ । पशुपति पोख्रेल तराई रामापुर क्षेत्रमा फलॉटे कोलपाटाका गोबिन्द पौडेल, स्यांजाबाट आउनु भएका हुमकान्त पान्डे र अर्घाखॉचीबाट आएका अमर बेलबासे सहितको टोलीमा सकृय हुनु हुन्छ भजन मण्डलीको रुपमा । सल्लेधारा तिनधारे क्षेत्रमा गाउँको भजन टोलीमा सल्लेधारा बाट लोकराज पोखरेल, घनश्याम पोखरेल को नेतृत्वमा यादव पोखरेल, भविश्वर पोखरेल, वेद प्रसाद पोखरेल, खिमानन्द पोखरेल, प्रकाश पोखरेल,सन्तोष पोखरेल तिन्धारेबाट टेकराज पोखरेल, नमहरी पोखरेल, खुम प्रसाद पोखरेल, लेखनाथ पोखरेल, नारायण प्रसाद पोखरेल, दामोदर पोखरेल, डिलिराज पोखरेल, युवराज पोखरेल लगायतको भजने टोली सकृय छ ।
Advertisement
पाणिनि तपोभूमि क्षेत्रबाट काठमाण्डौमा रहेर भजन गाउन सक्रियहरुमा सेषनारायण, ढुण्डिराज( कमल ), टेकराज ( कोलपरी ), मोति पोख्रेल, दमार जीवन, ठुलाभिर चुरामणि, देवि प्रसाद, घनस्याम , बिष्णुहरि बॉसारुख रबिन्द्र पोख्रेल, नयखर्क रुद्र, तिनधारेका खिमानन्द, क्योंर्पाने माधव, न्वारका रमेश, उपल्लाखर्क सुरज, खोरका राम प्रसाद, नारीखर्क टिकाराम उपल्लाखर्क मुख्ये टिकाराम निगालीका खिमानन्द, गैरबारे तारा, कमल ( सौगात ) गिरी प्रसाद पोखरेल, कौशिला पोखरेल, भिमार्जुन पोखरेल , देवी प्रसाद पोखरेल (देवेश),टीकाराम पोखरेल, वुद्धिनाथ पोखरेल, भक्तिराम पोखरेल,रुद्र पोखरेल ( उपल्लारे) केशवराज पोखरेल, राम प्रसाद पोखरेल, ज्ञान प्रसाद पोखरेल, प्रकाश पोखरेल, शम्भु पोखरेल लगायत हुनु हुन्छ ।
पणेनाको यो लोकपृय भजनलाई ब्यबसायिक रुप दिएर स्थानीयहरुको आय श्रोत बनाउन किन प्रयास नगर्ने भन्ने सोंचका साथ २०५४ सालको स्थानीय निर्बाचन पछि जिल्ला बिकास समितिका सदस्य भए पछि यो पंतिकारले गरेको प्रयास उल्ल्खनीय छ । पाल्पाको श्रीनगर होटलका संचालक जय प्रकास भुसालको सहयोगमा पाल्पा, बुटवल र भैरहवाका ट्राभल एजेन्सी र होटलहरुसंग गरिएको संयुक्त बैठकले लुम्बिनी आउने पर्यटकलाई कपिलवस्तु ठाडा, नरपानी, अर्घा, छत्रगंज बल्कोट मथुरा दुर्बासा( दुर्गा ) हुँदै पाणिनि तपोभूमि ल्याउने अनि रिणी रानी महल हुँदै पाल्पा पुर्याउने, ती क्षेत्रका नजिकका बस्तिमा होमस्टे बनाउने, ति होमस्टे क्षेत्रका स्थानीय संस्कृतिको प्रदर्शन गराइ मनोरंजन दिने कार्यक्रम बनाइयो । सोहि योजना अनुसार संबन्धित क्षेत्रको संयुक्त भ्रमण पनि गरियो । पाणिनि तपो भूमीमा पुगेर त्यहॉबाट हिमालय, तराई समथर मैदान अनि हरियाली डॉडाकॉडा देखेर सबै रमाएका थिए । पाणिनि तपोभूमिको संरक्षण र बिकासकोलागि गुरु योजना बनाएर काम गर्ने शंभावना बारे समेत कुरा भएको थियो जसले गर्दा पर्यटकको बस्ने अवधि लम्ब्याउन सकिने शंभावना थियो । पाणिनि तपोभूमि क्षेत्रमा पनि होमस्टे बनाउने र पर्यटकहरुलाई भजनबाट मनोरन्जन दिने योजना बनाइएको थियो । तर तात्कालिन राजनैतिक परिस्थितिका कारण ति सबै योजना यत्तिकै अस्ताए ।
पाणिनि तपोभूमिको भजनलाई ब्यवसायीकरण गर्ने प्रयास अहिले सफलताको बाटोमा अगाडि बढिरहेको छ । शेषनारायण पोख्रेलको नेतृत्वमा त्यस क्षेत्रका काठमाण्डौमा रहनुहुने जागरुक संस्कृति प्रेमिहरुको सकृयतामा गोपाल सिद्ध भजन समूहको नामबाट भजनलाई लिपिबद्ध गर्ने देखि अडियो हुँदै भिडियो रेकर्डिंग गरी युट्युबको माध्यमबाट बजारमा ल्याईएको छ र भजनहरुले निकै लोकपृयता पनि पाइरहेका छन । अझ पाणिनि तपोभूमि क्षेत्र मै गएर छायांकन भइसकेको खबरले झनै उत्साह थपिएको छ ।
गोपाल सिद्ध भजन समूहले रुपन्देही ब्यापार संघले बुटवलमा आयोजना गरेको लुम्बिनी एक्सपो २०८० मा भजन प्रतियोगितामा भाग लिएर तेश्रो स्थान काठमाडौमा सहयात्रा नेपाल को आयोजना मा भएको प्रथम राष्ट्रिय लोक भजन प्रतियोगितामा भाग लिएर तेस्रो स्थान हासिल र पशुपति कोटि होममा आयोजना भएको रास्टृय लोक भजन प्रतियोगिता ( जसमा १०२ समूह सहभागि भएका थिए )सान्त्वना पुरस्कार हात पार्न सफल हुनुको साथै युट्युबमा तीनवटा भजन आएपछि र राम्रै भ्यु पाएपछि चर्चाको शिखरमा पुगेको गोपाल सिद्ध भजन समूह अहिले गोपाल सिद्ध भजन समूह र गोपाल सिद्ध भजन समाजको नामबाट विभाजन भई विवादको कारण चर्चामा छ ।
निकट बन्धु वान्धव त्यहि क्षेत्रमा बसोबास गर्ने खासगरी पाल्पा तिनधारे सल्लेधारातिरबाट काठमाण्डौमा बसोबास गर्नु हुने संस्कति प्रेमीहरुको सकृयतामा दुर्गा पोख्रेलको अगुवाईमा गोपाल सिद्ध भजन समाज पाल्पाको नामबाट संस्था नै दर्ता गरी सोही प्रकृतिको काममा सकृय रहेको र वहॉहरुले पनि अलग रुपमा पाणिनि तपोभूमि क्षेत्रमै गएर छायांकन गर्नुलाई संस्कतिको संरक्षणमा थप कार्य भनेर सकारात्मक रुपमा लिन त सकिन्छ तर यथार्थ त्यस्तो नहुन सक्छ ।
गोपाल सिद्ध भजन समाज पाल्पामा सकृय व्यक्तिहरु एकातर्फ पाल्पापट्टि गाइने भजन केहि फरक भएको र त्यसको संरक्षणको लागि यसो गर्नु परेको तर्क गर्नु भएको छ भने अर्को तर्फ गोपाल सिद्ध भजन समुहमा आबद्ध हुँदै गर्दा रेकर्डिंगसम्म पुग्दा सल्लाह अनुसार अगाडि बढे पनि त्यसपछि सरसल्लाह हुन नसकेको गोपाल सिद्ध भजन समूहको नाम मै युट्युब च्यानल बनाएर त्यसको माध्यमबाट बजारमा लैजाने कुरामा सहमति कायम हुन नसकेकोले यसो गर्नु परेको भन्ने भनाई रहेको पाइन्छ । हाम्रा स्थानीय लोक भजन हाम्रा साझा सम्पत्ति हुन र ति साझा नै रहनु पर्छ भन्ने मान्यता स्थापित गर्न यसो गर्नु परेको समेत भनिए पनि वास्तविकता के हो र विवाद यो हदसम्म किन र कसरी पुग्यो चासोको बिषय हो । तर यो विवादले पाणिनि तपोभूमि र त्यहॉबाट काठमांडौमा बस्नेहरुमा असहज परिस्थिति सिर्जना गरेको छ । केहि भजनेहरुलाई दुवै तर्फ गाउने बाध्यता सिर्जना भएको छ ।
भौगोलिक सीमा र भावनाको सीमा फरक कुरा हुन आपसी बन्धुत्व, भाइचारा र मित्रतालाई न गाउँ, न जिल्ला, न त देश कै सीमाले अलग्याउन सक्छ । स्थानको बारेमा अर्घाखॉची लेख्ने कि पाल्पा भनेर विवाद पनि नहुनु पर्ने हो किनकि हाम्रो क्षेत्र पाणिनि तपोभूमि क्षेत्र हो र त्यसलाई मनन गरी पाणिनि तपोभूमि क्षेत्र लेख्न सकिन्छ । च्यानलहरु पनि कसरी एउटै च्यानलबाट सामाजिक सम्पत्तिको रुपमा लैजान सकिन्छ त्यतातर्फ छलफल चलोस र एकताबद्ध भएर अघि बढोस भन्ने नै स्थानीय, संस्कृतिलाई मायॉ गर्नेहरु शुभचिन्तकहरुको चाहना रहेको छ । संस्कृतिको संरक्षण र संबर्द्धनमा लागेकहरुले एक आपसमा हिलो छ्याप्ने गर्नु कदापी उपयुक्त मान्न सकिंदैन । सामाजिक अभियन्ताहरु खासगरि अगुवाहरुले सल्लाह नै गरिएन वा दिइएको सुझाव सल्लाहलाई वेवास्ता गरियो भन्ने अवसर नदिनु पर्थ्यो, उठेका कुराहरुलाई अनदेखा नगरेर सम्बोधन गरेर अगाडि बढ्नु पर्थ्यो । बिरोधमा आज उत्रने अबस्था आउन दिनु भन्दा फरक मत राख्नेहरुले पनि अली गम्भिर रुपमा कुरा राखेर समाजको हितमा राखिएका यी यी कुराहरु कार्यान्वयन हुदैन भने परिस्थिति जटिल आउन सक्छ भनेर जानकारी गराउनु पर्थ्यो । समन्वय गर्न सक्ने अन्य व्यक्तिहरको सहयोग लिन पनि सकिन्थो । वास्तविकता जे भएता पनि एउटै क्षेत्र गाउँका सँस्कृति प्रेमीहरु, कलाकारहरु यसरी विभाजित हुनुलाई स्थानीयबासीले पटक्कै मन पराएका छैनन र सबै मिलेर हाम्रो लोक संस्कृतलाई बचाउन, बढाउन र पुस्तान्तरण गर्दै जाउन भन्ने चाहन्छन ।
( यस लेखको श्रोत व्यक्तिहरुमा पणेनाबाट स्व. रेनुकान्त पोखरेल , स्व टंकश्वर पोख्रेल, कमल पोख्रेल, रुपन्देहीबाट पशुपति पोख्रेल, काठमान्डौबाट सेषनारायण पोख्रेल, जीवन पोखरेल, कमल पोखरेल (सौगात ) सल्लेधाराबाट दमारे कमल पोख्रेल थानेश्वर पोख्रेल, भविश्वर पोखरेल ठूला पोखराबाट हुमनाथ पौडेल र चिरन्जिबि पाण्डे हुनु हुन्छ । रेनुकान्त पोखरेल जिवित छँदै तयार गरिएको लेखमा समय संगै केहि परिमार्जन गरिएको छ )
यो पनि मनपर्न सक्छ
- जे छ त्यहीमा रमाउन सकिएन भने नत सरकारी जागिरको कमाइले पुग्छ नत विदेश
- लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को
नेत्र बन्धु पोख्रेल