द्वन्द्व
प्रकाशित मिति: ११ असार २०८१, मंगलवार
यदि तपाईँ लेखक हुनुहुन्छ भने
तपाईँको लेखनमा पेनसँग द्वन्द्व हुन्छ
यदि तपाईँ बिधिसङ्गत हुनुहुन्छ भने
तपाईँको प्रविधिसँग द्वन्द्व हुन्छ ।
यदि तपाईँ आज्ञाकारी हुनुहुन्छ भने
ति वुद्धिबिहिन,अज्ञानीसँग द्वन्द्व हुन्छ
यदि तपाईँ पढाइमा मेधावी हुनुहुन्छ भने
तपाईँको द्वन्द्व निकट सहपाठीसँग हुन्छ ।
यदि तपाईँ मायालु जोडि हुनुहुन्छ भने
तपाईँको द्वन्द्व भावनासँग नै हुन्छ
यदि तपाईँ कलाकार हुनुहुन्छ भने
तपाईँको द्वन्द्व सङ्गीतसँग नै हुन्छ ।
यदि तपाईँ राजनीतिज्ञ हुनुहुन्छ भने
तपाईँको द्वन्द्व रणनीतिक कौशलमा हुन्छ
यदि तपाईँ समाजसेवी हुनुहुन्छ भने
तपाईँको द्वन्द्व लुटेरा भष्टचारीसँग हुन्छ ।
द्वन्द्व आखिर सँगसँगै मितेरी लाउँछ
के याे साँचाे वास्तविक होइन र ?
यो पनि
१४ औ गणतन्त्र दिवस मनाउदै गर्दा शुभकामना !!! सबैमा
नेताहरू गर्छो भाषण कसरी हुन्छ हो बिधी र विधान लाई मासी लोकतान्त्रिक शासन !! गणतन्त्र पनि भैसकेछ १४ बषं आज […]
यो पनि मनपर्न सक्छ
- सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
- राष्ट्रपतिद्वारा परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन