विष्णुको दशम अवतारको आरती भजन सार्वजनिक
प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

गोपाल सिद्ध भजन समाज पाल्पाले पहिलो भजन संग्रह भगवान विष्णुको दशम अवतारको आरती नामक मौलीक लोक भजन सार्वजनिक गरेको छ ।
प्रसिद्ध ऐतिहासिक धरोहर पाणिनी तपोभूमिको काखमा अवस्थीत पाल्पाको रैनादेवी छहरा – ४ अन्तरगत सल्लेधारा र तिनधारे क्षेत्रमा गाइने लोक भजनको छुट्टै महत्त्व र पहिचान रहेको पाईन्छ ।
Advertisement
परम्परागत लोक सस्कृतीलाई बचाऔं भन्ने मुल उद्धेश्य साथ भजन प्रेमीहरुको पहलमा गठीत गोपाल सिद्ध भजन समाज पाल्पाले हरिबोधनी एकादशीको अवसरमा आफ्नो पहिलो भजन संग्रह भगवान ”विष्णुको दशम अवतार”को आरती संस्थाको आधिकारिक युट्युब च्यानल गोपाल सिद्ध भजन मार्फत सार्वजनिक गरेको छ।
भजन समाज पाल्पाले प्रस्तुत गरेको शैलीका भजनहरू लुम्बिनी प्रदेशका पाल्पा, अर्घाखाँची, गुल्मी लगायतका विभिन्न जिल्लामा परापूर्व कालदेखि नै गाउने प्रचलन चलिआएको बताईन्छ ।
यो पनि
पाणिनि तपोभूमिको मौलिक लोक भजनको महत्व र इतिहास कोट्याउने प्रयास
संस्कृति जीवनयापनको जीवन्त अभिव्यक्ति हो । समाजको ऐना हो जसमा समुदायको सामूहिक परिचय हुन्छ । सांस्कृतिक धरोहरहरू समाजका आधार हुन […]
Advertisement
पाल्पाका र अर्घाखाँचीका एतिहासिक स्थान र देवालयमाहरुमा छायांकन गरिएको भजन संग्रहको भिडियोमा सुन्दर प्राकृतिक दृश्य, मौलिक कला एवं संस्कृतिको सम्मिश्रण र सम्बन्धित स्थानका स्थानीयहरुको समेत सहभागीता रहेको छ ।
समाजको पहिचान, संस्कृति, परम्परा र कलाका महत्वका हिसाबले पनि भजनलाई विशेष संरक्षण आवश्यक भएकाले आगामी दिनमा भजनलाई संरक्षण सम्वर्द्धन गर्ने कार्यमा सक्रियता बढाउँदै लैजाने गोपाल सिद्ध भजन समाज पाल्पाले जनाएको छ ।
यो पनि मनपर्न सक्छ
- नेपाललाई एआई हब बनाउने उपाय : अवसर, चुनौती र रणनीतिक कार्यान्वयन
- मिथिला चित्रकला बन्दैछ युवा कलाकारको ‘करियर’
- ‘ओ हेलो’को साथमा आए टिका र निरज ( भिडियो )
टीओएन