हिमाल
प्रकाशित मिति: २३ असार २०८१, आईतवार
प्रभातमा स्वर्णवर्ण दिनभर चाँदी
अनुपम सुन्दरता आफैभित्र खाँदी ।
सूर्यास्तमा पुनः देखिन्छौ तिमी,
हिमाल देख्न नपाउँदा मन हुन्छ धिमी ।
ढाकिएर सधैँभरि बस्छौ सेता हिउँले,
देख्दै खुशी मन अनि ऊर्जा पाउँछ जीउले ।
दक्षिण दिशा मधेशका फाँट हेर्दै टम्म,
उत्तर दिशा बसेका छौ तिमी गजधम्म ।
कन्चनजङ्घा धौलागिरी अनि सगरमाथा,
जति गायो कर्म हुन्छ सुन्दरताको गाथा ।
माछापुच्छे« कालापत्थर अनि हिमचुली,
हेरिरहुँजस्तो लाग्छ दुःख सबै भुली ।
यो पनि
देशका लागि के गरेँ ?
आफैँलाई प्रश्न सोध्न मन लाग्छ, देशका लािग के गरेँ । जीवनभरि म यसले गरेन र उसले गरेन भन्न अघि सरेँ […]
अन्नपूर्ण आमादब्लाम नुप्से र मकालु,
सुन्दरता बाँडिरहन्छो छौ कति दयालु ।
पूर्व–पश्चिम फैलिएका तिमी लम्मेतान,
तिमी नै हौ नेपाल र नेपालीका शान ।
तिमी नै हौ मेरो शिर तिमी नै हौ शाख,
फेरि पनि जन्म पाऊँ यै हिमालको काख ।
यो पनि मनपर्न सक्छ
बन्धु पोख्रेल