दरबन्दी व्यवस्थापनको माग गर्दै मेलानले बुझायो ध्यानाकर्षण पत्र
प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

काठमाडौं – मेडिकल त्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान ) ले प्रयोगशालाको सेवाको दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
हाल स्वास्थ्य मन्त्रालयबाट प्रस्तावित स्वास्थ्य सेवा सम्बन्धी दरबन्दी अन्तर्गत प्रगोगशाला सेवाको दरबन्दी कामको चापको आधारमा बढ्नु पर्नेमा उल्टै घटेकोले मन्त्रालयलाइ मेडिकल ल्याब टेक्नोलोजी समूह को दरवन्दी पुनसंरचना सम्बन्धमा ध्यानाकर्षण गराएको कुरा मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो।

ध्यानाकर्षण पत्रमा मेलानले जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ तथा स्वास्थ्य संस्था स्थापना तथा संचालन मापदण्ड २०७७ अनुसार प्रयोगशाला मा मेडिकल ल्याब टेक्नोलोजी समूह को दरवन्दी पुनसंरचनाका विषयमा एसोसिएसनको तर्फ बाट बैज्ञानिक र तथ्यमा आधारित अबधारणा पत्रहरु मन्त्रालयमा पटक पटक बुझाउदै आएको कुरा समेत अवगत गराएको छ ।
Advertisement
ध्यानाकर्षण गराएका विषयहरू
१. हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा अगाडि बढाइएको स्वास्थ्य सेवा को दरवन्दी संरचना को प्रक्रिया लाई स्थगन गरी संघिय संसद बाट जारी जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ र यसै मन्त्रालय द्वारा जारी भएका ऐन कानुन मा उल्लेख भए अनुसार मेडिकल ल्याब टेक्नोलोजी समूहका जनशक्ति रहने गरि संगठन तथा व्यवस्थापन सर्भे गरि हाल रहेका दरबन्दी बिस्तार गर्नु पर्ने ।
२. सो संगठन तथा व्यबस्थापन सर्भे कार्यलाई थप बैज्ञानिक र सर्व स्वीकार्य बनाउनका लागि सम्बंधित विषयका विज्ञ सहित यस सेवा समूह संग सम्बन्धित क्रियाशील पेसागत सस्थाहरुका प्रतिनिधिहरु सम्मिलित एक कार्यदल बनाइ उक्त संगठन तथा व्यवस्थापन सर्भे लाई अन्तिम रुप दिनुपर्ने ।

Advertisement
मेडिकल त्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान ) स्वास्थ्य प्रयोगशाला सेवालाई गुणस्तरीय, व्यबस्थित र जनपक्षीय बनाउदै यस पेसामा आबद्ध जनशक्तिहरुको पेसागत हकहितको सुरक्षाको लागि स्थापित यो पेसागत संगठन आफ्नो उद्देश्य प्राप्तिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रास्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, नेपाल स्वास्थ्य ब्यबसायी परिषद लगायत का सम्बन्धित निकायहरुमा बिगत लामो समयदेखि रचनात्मक रुपमा क्रियाशील रहदै आएको छ ।
यो पनि मनपर्न सक्छ
- सहकारीपीडितकाे करीब पौने चार अर्ब बचत फिर्ता
- ‘महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ’
- हङ्कङ फ्लुको प्रकोप चुलिँदै
ज्ञान प्रसाद पोखरेल