मेलानको महासचिव देखी अध्यक्ष सम्म राजेन्द्र खड्का

प्रकाशित मिति: ३ असार २०७५, आईतवार

मेलानको महासचिव देखी अध्यक्ष सम्म राजेन्द्र खड्का

काठमाडौँ, स्वास्थ्य प्रयोगशालाकर्मीहरुको छाता संगठन मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल( मेलान)को चौथो राष्ट्रिय सम्मेलन आगामी तीन बर्षका लागि राजेन्द्र खड्काको अध्यक्षतामा ३० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । उनी यस अघि २ कार्यकाल लगातार महासचिब पदमा कार्यरत थिए ।

यसै गरी बरिष्ठ उपाध्यक्षमा श्री देबराज गौतम , उपाध्यक्षमा क्रमशः श्री प्रयागराज पन्त, श्री यूगल किशोर यादब र श्री रमेश पाण्डे , महासचिबमा श्री रेशम अधिकारी, सचिवमा श्री दिपेन्द्र बिक्रम हमाल र श्री रोशन परियार , कोषाध्क्षमा श्री पिताम्बर पन्त र अन्य २१ जना सदस्य पदमा निर्वाचित भएका छन् ।संगठनको बिधान अनुसार केन्द्रीय समिति जम्मा ३५ सदस्यीय हुने र बाँकि ५ जना सदस्य अध्यक्षले मनोनित गर्ने ब्यबस्था रहेको राष्ट्रिय सम्मेलन मुल आयोजक समितिका सह संयोजक तथा नव निर्वाचित महासचिव श्री रेशम अधिकारीले बताउनु भयो ।

स्वास्थ्य सेवाको अभिन्न अंगको रुपमा रहेको स्वास्थ्य प्रयोगशाला सेवालाई गुणस्तरीय, जनपक्षीय, ब्यबस्थित र मर्यादित बनाउँदै यस पेसामा आबद्ध जनशक्तिहरुको पेसागत हकहितको सुनिश्चितताको लागि बिगत एक दशक भन्दा बढी समय देखि कृयाशील यो संगठनले स्वास्थ्य प्रयोगशाला सेवाको गुणस्तरीयतामा सुधारको लागि भौतिक पूर्वाधारहरुको स्तरोन्नति, दक्ष जनशक्तिको ब्यबस्थापन, केमिकल्स तथा उपकरणहरुको राष्ट्रिय प्रमाणिकरण , कार्यरत जनशक्तिहरुको क्षमता दक्षता अभिबृद्धी सहित न्यूनतम पारिश्रमिक र जोखिम भत्ता लगायतका पेसागत सुरक्षाको सुनिश्चतताका लागि स्वास्थ्य प्रयोगशाला नीति, स्वास्थ्य प्रयोगशाला ऐन, स्वास्थ्य प्रयोगशाला निर्देशिका,लगायतका बिषयहरुमा आवाज उठाउँदै आएको र अवका दिनमा पनि सम्बन्धित निकायहरुसंग थप रचनात्मक र कृयाशिल ढंगबाट लागि पर्ने र यस क्षेत्रमा कार्यरत सम्पूर्ण तह र तप्काका जनशक्तिहरुसंग सहकार्य गरी अगाडि बढ्न नब निर्वाचित कार्यसमिति प्रतिबद्ध रहेको अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो ।

उहाँका अनुसार राज्य संघीय संरचनामा गैसकेको वर्तमान अबस्थामा स्वास्थ्य प्रयोगशाला सेवाको सुद्दढिकरण गरी जनतालाई गुणस्तरीय सेवा दिन स्वास्थ्य मन्त्रालय अन्तर्गत अलग्गै स्वास्थ्य प्रयोगशाला बिभाग स्थापना गरी प्रदेश र स्थानीय तह सम्म बिस्तार गर्दै तिनका माताहतमा नीति नियमन , गुणस्तर नियन्त्रण तथा तालिम, र चिकित्सा प्रयोगशाला महाशाखा र शाखाहरु निर्माण गरी बिकेन्द्रीकरणको सिद्धान्त अनुसार सेवा संचालन गर्नु आजको अपरिहार्य आबश्यकता रहेको छ ।

अध्यक्ष खड्काले हाल बिद्यमान स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३ ले तोकेको मापदण्ड अनुसार नै नेपाल सरकार अन्तर्गत संचालित प्रयोगशालाहरुको पनि बर्गिकरण गरी सेवा प्रदान गर्नुपर्ने समेत माग गर्दै करिब ३०,००० तीस हजार भन्दा बढी प्रयोगशाला जनशक्तिहरु दर्ता भै सकेको र बर्षेनी करिब १५०० थप हँुदै गैरहेको बिद्यमान अबश्थामा उत्पादित ब्यावसायी जनशक्तिहरुको समुचित ब्यबस्थापनको लागि अलग्गै स्वास्थ्य प्रयोगशाला ब्यबसायी परिषद्को स्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ ।

तिन दिन सम्म संचालित उक्त सम्मेलनको उद्घाटन माननीय जनसंख्या तथा वातावरण मन्त्री श्री लालबाबु पंडितले गर्नु भएको थियो र कार्यक्रमको अध्यक्षता निबर्तमान अध्यक्ष श्री कृष्ण प्रसाद रिजाल ले गर्नु भएको थियो भने ७० भन्दा बढी जिल्ला बाट करिब ५०० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । (परिवर्तका लागी स्वच्छ पत्रकारीता-द टाइम्स अफ नेपाल डटकम)

यो पनि मनपर्न सक्छ

ज्ञान प्रसाद पोखरेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*