अझै कुट नाथे कुट !!!
प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार
निर्दोष ती डाक्टर नर्सहरू
जनताका साक्षत भगवान !!
जो कहिल्यै जान्दैन छक्का पन्जा
जो जान्दैन राजनीतिक धन्दा !!
बिचरा १ रहने हो जनताको साथ
चिसो तातो गर्मी घाम नभनी !!
न त महामारी न त स्वार्थी भाव
छैन कसैसँग केही रिस राग !!
Advertisement
अझै कुट, कुट नाथे हो तिमी
जाबो डाक्टर न हो कर्मचारी !!
जसले कै गर्न सक्छ र तेरो
सेवा न हो गर्ने उसले !!
जुट परिवार सदस्य सबै
आफ्न्त र नातागोता भएर कुट !!
कति गर्न आउने रहेछ अत्याचार
कुट अझै मिलेर कुट !!
आफै होसियार हुन नसक्ने नाथे
जनता बचाउने भगवान् कुट्छ बेसरम त्यो नाथेले !!
बुध्दिहीन वा अविवेकी सके खान्छ राज्यलाई
डाक्टर नर्स कुट्ने छैन यहाँ छुट !!
यो पनि मनपर्न सक्छ
- नेपाललाई एआई हब बनाउने उपाय : अवसर, चुनौती र रणनीतिक कार्यान्वयन
- अमर व्यक्तित्व : पण्डितराज नयराज पन्त