शेयर बजारको उत्साह कायम रहला ?

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

शेयर बजारको उत्साह कायम रहला ?
काठमाडौँ : शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैङ्क–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङ्क छ । खासगरी शेयर बजारमा जलविद्युत् कम्पनीहरुको उपस्थिति बढिरहँदा बैङ्कहरुको हिस्सा घटेको देखिन्छ ।
पछिल्ला वर्षहरुमा जलविद्युत्सहित अरू उत्पादनमूलक कम्पनीहरुले पनि सर्वसाधारणलाई शेयर जारी गरेर पैसा सङ्कलन गरिरहेका छन् । त्यसकारण पनि पुँजी बजारमा बैङ्क–बीमा क्षेत्रको प्रभुत्व घटिरहेको छ । बैङ्क–बीमा क्षेत्रमा केही वर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि सङ्ख्या घटाउन काम गरेको छ । खासगरी शेयरको दोस्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने बुझाइ छ । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत् जस्तो उत्पादनमूलक क्षेत्रको प्रवेश बढिरहनु शुभसङ्केत नै हो । किनकि नेपालको अर्थतन्त्रमा सबैभन्दा सम्भावनाको क्षेत्र भनेको पर्यटन र ऊर्जा क्षेत्र नै हो । हामीले यस क्षेत्रको विकास विस्तारबाट अपार लाभ लिन सक्ने सम्भावना छन् ।
पछिल्ला समय नेप्सेमा पर्यटन, सिमेन्ट, कृषिलगायत क्षेत्रको पनि प्रवेश बढिरहेको छ । यद्यपि हाल नेप्सेमा १२ वटा समूहगत परिसूचक मापन गर्ने गरिएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, बीमा कम्पनी, म्युचुअल फन्ड, होटल, उत्पादन तथा प्रशोधन, व्यापार, जलविद्युत् र अन्य समूहका परिसूचकहरुलाई नेप्सेले गणना गर्छ ।
यसरी शेयर बजारमा क्रमशः क्षेत्रगत विविधता बढिरहेको देखिन्छ । यसले शेयर बजारमा लगानीको आकर्षण र उपस्थिति समेत बढाएको छ । विगतमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेनबीच चलेको युद्धको विश्वव्यापी प्रभाव र विश्वव्यापी रुपमा आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा असन्तुलनले नेपालको शेयर बजारमा पनि ठूलो असर परेको हो । आर्थिक असन्तुलन, सरकारको पुँजीगत खर्चको दयनीय अवस्था, तरलता सङ्कटको कारण बढेको ब्याजदर र शेयर बजारप्रति नेपाल राष्ट्र बैकको कसिलो नीतिका कारण विगतमा बजार घटेको हो । एक हजार आठ सय अङ्कबाट पनि तल झरिसकेको नेप्से परिसूचकाङ्क अहिले भने हालै आएको आव २०८१÷८२ को मौद्रिक नीतिले बजार दुई हजार आठ सय अङ्कको छेउछाउ आइसकेको छ । अब क्रमशः शेयर बजार उकालो लाग्ने धेरै आधार तय भएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा पनि शेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरुमा पुनःविचार गर्दै गैरआवासीय नेपालीलाई पनि शेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ । त्यसले लगानीकर्तामा एक खालको उत्साह थपेको देखिन्छ । वर्तमान सरकार गठनसँगै आएको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको क्याप हटाएको छ । शेयर धितो कर्जाका लागि प्रोत्साहन गरेको अवस्था छ । यसले गर्दा बजार बढिरहेको देखिन्छ ।
केही हप्तायता बजार निरन्तर बढिरहँदा शेयर बजार पुँजीकरण पनि बढेको छ । २०८१ साउन २१ गते सोमबारको कारोबारको आँकडाअनुसार शेयर बजार पुँजीकरण रु ४४ खर्ब ३८ अर्ब नाघेको छ । जुन कुल ग्राहस्थ्य उत्पादनको आकारभन्दा रु १४ खर्ब मात्र कम हो । कुनै बेला अर्थात् तीन हजार तीन सय अङ्कमा मार्केट पुगेको बखत रु ४० खर्बको पुँजीकरण भएको शेयर बजार अहिले नेप्सेमा थपिएका कम्पनीहरुका कारण रु ४४ खर्ब पुगेको छ । खासगरी शेयर बजार जिडिपीकै हाराहारी हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा सबै उद्योग, व्यवसाय नेप्सेमा सूचीकृत नभएको कारण त्यो नभएको देखिन्छ तर पनि पछिल्ला समय नेप्सेमा सूचीकृत हुने कम्पनीहरु बढिरहेका देखिन्छन् ।
नेपालको शेयर बजारको दायरा फराकिलो र पुँजीको पैमान पनि बढिरहेको छ । यसले नै वास्तवमा शेयर बजारको सुदूर भविष्य उज्ज्वल रहेको देखाउँछ । खासगरी पछिल्लो दशक नेपालमा पनि शेयर बजारप्रति आमसर्वसाधारणको बुझाइ परिवर्तन भएको छ । यस क्षेत्रलाई सबैले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । वास्तवमा कुनै पनि देशको अर्थतन्त्रको अवस्थाको चित्र शेयर बजारले नै दर्साउछ । त्यसकारण पनि शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिएको हो । ठूल–ठूला उद्योग तथा व्यवसाय स्थापना तथा सञ्चालन गर्न पुँजीको सङ्कलन गर्ने महत्वपूर्ण माध्यम हो पुँजीबजार । त्यसकारण अर्थतन्त्रलाई विस्तारित गर्न र अघि बढाउन पुँजीबजारको महत्वपूर्ण भूमिका हुने गर्छ । सो तथ्य आमराजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले बुझ्न जरुरी छ ।
अहिले नेपालमा शेयर किन%E

यो पनि

यो पनि मनपर्न सक्छ

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*