समाज र संकीर्ण सोँचहरु

प्रकाशित मिति: २३ असार २०८१, आईतवार

समाज र संकीर्ण सोँचहरु

समाजको आधार व्यक्ति, परिवार, छिमेक, टोल, गाउँ, समाज, संस्कार, संस्कृति, राष्ट्र, देश हुँदै संसार हुन्छ । भूगोलेआफ्नै महत्व राख्छ । भूगोल वा भोगोलिक अवस्थितिले हाम्रो समाज, संस्कार, संस्कृतिमा ठाडो हस्तक्षेप गरेको हुन्छ । समाजको न्यूक्लियस व्यक्ति जसको साँेचले समाजमा हदै सम्मको भाइव्रेसन ल्याईदिन सक्छ । जसको असर समाजमा छताछुल्ल हुन पनि पुग्छ ।

 

संकीर्ण शब्द आफैमा अपुरो छ यसलाई खुल्ला गर्नु पर्छ । सोँचको करामत यहाँ सम्म छ की जुन अपरिवन्धित छ । सोँचको सन्तुलनमा संकीर्णताले जहिल्यैबाधक गरेको हुन्छ । सोँचलाई सकरात्मक त छदैछ, उपयोगितामा रुपान्तरण गर्न जरुरी छ । म, मलाई, मेरो परिवार, मेरो टोल, मेरो समाजबाट हामी, हाम्रो अनि सिंगो मानव समाज सम्म दृष्टि पुग्न नसक्दा संकीर्ण भइन्छ । जुन सामाजिक विकासमा यो नितान्त मुलभूत कारण हुन सक्छ । यसकोप्रभाव व्यक्तिगत भाइब्रेसनमा गाढा हुन्छ र क्रमशः दुरी अनुसार शुन्य हुन पुग्छ । यसलाई प्रभावित क्षेत्र पनि भन्न सकिन्छ ।

यो पनि

टीओएन विशेषविचार

केही तथ्य र बस्तुगत संरचनाहरु

एक तथ्य, जुन पानीको उपयोगिताको वर्णन गर्न शब्दहरुबाट सम्भव नहोला । यति मात्र भनौ यो रङ्गहीन तरल पदार्थ हो । […]

 

 

“आफु भलो त जगत भलो” को संस्कारले संकीर्णता जाहेर गर्छ । जुन हाम्रो समाजमा अध्यावधि चलनचल्तिमा छ । यो सोँच वा प्रवृतिले हुने–खाने, बलिया–बाङ्गा, टाठा–बाठानै अगाडि जान्छन् । गरिब–निमुखा, असक्त–असक्षम, सोझा–इमान्दार पछाडी पर्छन । जब सम्म यो समूह अगाडी बढ्न सक्दैनन् तब सम्म हाम्रो समाज अपाङ्ग हुन्छ । सामाजिक विकासमा यो अत्यन्तै महत्वपूर्ण विषय हो । यसर्थ पनि हामी जगतको भलो त आफ्नो भलो भन्ने सोँच, संस्कार र संरचनाको विकास गर्न जरुरी छ ।

 

यो पनि

विचार

पञ्चशील समाज

प्रकृतिले मानिसलाई माया दिएको हुन्छ, जुन मायाले मानिसलाई बाँधेर राख्छ र जीवनको दिशा दिन्छ। यो माया नै मानिसलाई बाँच्न प्रेरित […]

 

 

भौतिक संरचना रातारात परिवर्तन गर्न सकिन्छ तर हाम्रो सोँच र सामाजिक संस्कारगत संरचनालाई परिवर्तन गर्न समय लाग्छ । मानिसको उत्कृष्ट हतियार धौर्यता हो जसलाई प्रयोग गर्नुपर्ने हुन्छ जुन किन्नु पर्दैन, किन्न नपरेपछि पैसा चाहिने कुरै भएन । यति मात्र बुझ्ने प्रयास गरौ प्रकृति प्रदत्व हामी आफैमा यो अन्तरनिहीत छ । तन, मन, धन चलराशी हुन तर प्रकृति, संस्कृति र चिनारी दीर्घकालीन प्रभावका स्थायीराशी हुन् । तसर्थ पनि समाज पढौ, तत्थ्यमा टेकौ, टि.यू, जे.यू, अक्सफोर्ड, हार्वड क्याम्ब्रिज विश्वविद्यालयहरु हामीहरुकै समाजमा छन्। क्रमशः

यो पनि मनपर्न सक्छ

बालचन्द्र राना

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*