सलाम किसान सलाम
प्रकाशित मिति: १५ असार २०८१, शनिबार
सलाम ती जो किसान बुवा आमा
जसले गरिरन्छन् खेतबारीकाे काम
खुवाउँछन् मिहिनेतले माम
यताउती गर्दैमा छ हैरान
उहाँहरूलाई मेरो सलाम ।
राजनीति केहो ?
खै भन्छन् थाह नै छैन
हामी त मल बीउसँग जुध्नुपर्छ
तर अझैसम्म सुलभ छैन
भन्छन् खै कृषि अनुदान
के उत्पादन चाहिदैन ?
अझ पनि…..दिउँ म सलाम !
बन्छन् यहाँ ठुलठुला सपने योजना
कृषि परियोजना त कागजमा मात्र
अति भैसक्यो आधुनिकताकाे रटान
स्माट कृषिक्रान्तिले खै के ग-याे ?
अझै पनि….नचलाम त म कलम ?
देशमा चाहिन्छ कृषि अर्थतन्त्र
बनाउनै पर्ने यहाँ निर्यातमुखी मन्त्र
कृषि सुधारमा ध्यान जानुपर्छ
संविधानमै रहेकाे अधिकार
मल बीउ कृषकले समयमै पाउनुपर्छ
अनि मात्र मलाई सलाम गर्न मन लाग्छ ।
यो पनि मनपर्न सक्छ
- कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै
- मौलाउँदै नेपालमा खेलकुद पत्रकारिता
- अमर व्यक्तित्व : पण्डितराज नयराज पन्त