कविता : सम्बृद्धिको यात्रा

प्रकाशित मिति: २८ जेष्ठ २०७८, शुक्रबार

कविता : सम्बृद्धिको यात्रा

संवृद्धिको यात्रा हजुर तय गरेका छौं !
किसानको बृद्धि विकास नारा बोकेका छौँ !!

दश नङ्ग्रा खियाका छौं तैपनि परनिर्भर !
आत्मनिर्भर बन्नलाई मार्ग बनाउँदै छौँ !!

 

जोडिऊँ सबै यो यात्रामा मुक्तिका खातिर !
कृषि पेसा मर्यादित हो भनी हामि लडेका छौं !!

पहिलो आधार संगठन हो मेची-काली यात्रा !
हातेमालो गरौं सबै भनी उठेका छौँ !!

 

दोस्रो आधार उत्पादन हो खेत बारीमा लागौँ !
किसानलाई सरसहयोग दिन आएका छौँ !!

तेस्रो आधार व्यापार, बजार अनि धनी बन्छौं !
व्यापार गर्न उर्वर नेपाल संस्था खोलेका छौं !!

एकजुट भई समानताको बिगुल फुक्नु पर्छ !
केही नगरी यसै बसे सधैं झुक्नुपर्छ !!!

यो पनि मनपर्न सक्छ

राजनप्रसाद पोखरेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*