राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालको संगठन देशविदेशमा विस्तार हुँदै !!!

प्रकाशित मिति: १९ जेष्ठ २०७८, बुधबार

राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालको संगठन देशविदेशमा विस्तार हुँदै !!!

किसानहरूलाई सामूहिक उत्पादनमा लगाई नेपालको अर्थतन्त्रलाई माथि उठाउन सकिन्छ भन्ने उद्देश्यका साथ राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन लागिपरेको छ । यो अभियानले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह तथा किसानहरूको बस्तीसम्म पुगेर उत्पादन समूह निर्माण गर्ने कामलाई युद्धस्तरमा अगाडि बढाइरहेको छ । किसानहरूको सामूहिक संगठनबाट किसानहरूलाई सामूहिक खेतीमा लाग्न प्रेरित गर्ने त्यसरी सामूहिक खेतीबाट उत्पादित खाद्यान्नलाई अभियानको कम्पनी उर्वर नेपाल पब्लिक कम्पनी मार्फत बजारीकरण गर्ने उद्देश्यका साथ यो अभियान अगाडि बढिरहेको छ । यो अभियानले कृषकहरूलाई प्राविधिक सहायता, मल, बिउका साथै कृषिविज्ञ मार्फत किसानलाई आवश्यक पर्ने राय सल्लाह सुझाव दिएर अहिले उत्पादन गरेभन्दा कैयौं गुणा बढी उत्पादन गर्न लगाउने र यसरी उत्पादित वस्तुलाई उर्वर नेपाल पब्लिक कम्पनी मार्फत उपभोक्ताका घरघरमा पुर्याउने उद्देश्य बोकेको छ ।

यसो गर्दा किसानहरूले पनि धेरै उत्पादन गरेपछि आम्दानी पनि बढ्ने र उपभोक्ताहरूलाई पनि बिना बिचौलिया खाद्यान्न घरमा आइपुग्दा मारमा पर्नु नपर्ने अवस्थाले दुबै पक्षलाई फाइदाजनक हुनेछ । यो प्रक्रियाबाट उत्पादनमा लाग्ने हो भने पाँच वर्षभित्र नेपाल राष्ट्रलाई आर्थिक रूपमा र कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्य यो अभियानले बोकेको छ ।
अभियानका संयोजक सुदर्शन बिक्रम कार्की, उप संयोजक राजन प्रसाद पोख्रेल, टिम समन्वयकर्ता डा. अल्का मजगैया, परियोजना विभाग प्रमुख उत्सव ढकाल, आर्थिक विभाग प्रमुख डा. निरञ्जन रिजाल, सुनिता कार्की, थानेश्वर उपाध्याय, प्राञ्जल रिजाल लगायतको टिमले नेपालका विभिन्न क्षेत्रमा संगठन विस्तार गर्ने र सो संगठनलाई व्यवस्थित गर्नका लागि कृषि प्राविधिकको समन्वय, तथ उत्पादित वस्तुको सही मुल्याङ्कन सहित बजारीकरण गरिरहनुभएको छ ।

 

उर्वर नेपाल पब्लिक कम्पनीमा अभियानमा लाग्ने अभियन्ताहरूको ४०% किसानहरूको ४०% र आइपिओ मार्फत २०% गरी जम्मा १००% पुँजी निर्माण गर्नेगरी नयाँ मोडेलमा यो कम्पनी अगाडि बढेको छ । त्यसैले देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरू जसले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर भएको हेर्न चाहनुहुन्छ उहाँहरूलाई यो अभियानमा जोडिनु हुन विनम्र अनुरोध गर्नुभएको छ ।

यो अभियानका संयोजक सुदर्शन बिक्रम कार्कीका भन्नुहुन्छ, ”आजसम्म राजनीति केवल जिन्दाबाद र मुर्दाबाद मा मात्रै सिमित भयो गरिब नेपाली जनता किसानहरूको विषयमा सोच्ने कुनै पनि संगठन बनेन र देशमा जे जस्ता राजनीतिक परिवर्तन भएपनि किसानहरूको हकमा कुनै अर्थ राखेन, तसर्थ यो अभियानले साँच्चिकै आफै आत्मनिर्भर बनाउन सकिन्छ भनेर लागेका छौँ ।”

किसानहरूलाई नउठाएसम्म देशको अवस्था नसुध्रने निष्कर्षका साथ किसानहरूको घरदैलोमा, खेतबारीमै पुगेर किसानका वास्तविक समस्या बुझ्ने र त्यसलाई उचित सम्बोधन गरी बढीभन्दा बढी उत्पादनमा लगाउने यसको उद्देश्य रहेको छ । यसरी गरिएको उत्पादन मार्फत देश स्वतः आत्मनिर्भर बन्नेछ भन्ने महान उद्देश्य बोकेर यो अभियान अगाडि बढेको छ । नेपाली किसानहरूका खाद्यान्न र तरकारीहरू कुहिएर नष्ट भएका छन् तर हामी भारतबाट आयातित गरिएका विषादीयुक्त तरकारी र वस्तुहरूको प्रयोग गर्न बाध्य छौँ, त्यसैले यो अवस्थाको अन्त्यका लागि पनि यो अभियान आवश्यक मात्र होइन अपरिहार्य नै बनेको कुरा परियोजना तथा बजार व्यवस्थापन प्रमुख उत्सव ढकालले बताउनुभयो ।

 

यो पनि

अभियानका उपसंयोजक तथा जनसम्पर्क विभाग प्रमुख राजन प्रसाद पोखरेलले देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरूलाई आग्रह गर्दै भन्नुहुन्छ, “अब वास्तविक रूपमै हामी कृषि क्षेत्र मार्फत यो देशलाई माथि उठाऔँ, हामी आर्थिक उन्नतिमा लागौं , देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकियो भने जागिर गर्नकै निम्ति बिदेसिन बाध्य हुनुपर्ने अवस्थाबाट मुक्त हुन सक्छौँ र नेपाली युवाहरूलाई नेपालमै रोजगारीको सिर्जना गरी देशको मुहार फेर्न सकिन्छ ।

अभियानको संगठन विस्तार

किसान वर्गलाई माथि उठाउने गरी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपालले आफ्नो अभियानलाई प्रदेश नं १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो संगठनलाई व्यापक रूपमा विस्तार गरिसकेको छ ।
यी प्रदेशका विभिन्न जिल्लाहरूमा संगठन किसानको तहमा पुर्याएर संगठनको मजबुत आधार बन्दै गएको राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानका उपसंयोजक तथा जन सम्पर्क विभाग प्रमुख राजन प्रसाद पोखरेलले जानकारी गराउनुभयो । देशका विभिन्न तहमा संगठन विस्तार गर्ने क्रममा यो संगठनले विदेशका महानुभावहरुलाई पनि यो अभियानमा जोड्ने उद्देश्यले हाल इजरायल, साइप्रस, मलेसिया अस्ट्रेलिया आदि देशहरूमा पनि आफ्नो अभियानलाई तिब्रताका साथ अगाडि बढाएको छ । विदेश विभाग प्रमुख डा. अल्का मजगैयाँले विदेशका विभिन्न देशहरूमा यो संगठनको विस्तारका निम्ति पहल गरिरहनुभएको छ । हाल इजरायलमा गणेश गिरीको अध्यक्षतामा मजबूत कमिटी निर्माण भइसकेको छ । इजरायलमा मात्रै २३५ जना व्यक्तित्वहरू यो अभियानमा जोडी सक्नुभएको छ । त्यसैगरी साइप्रसमा कमिटी गठनको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मलेसियामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भई निर्माणको कार्यक्रम अगाडि बढेको जानकारी पनि गराइएको छ ।

हाम्रो उत्पादन हाम्रो बजार !
आत्मनिर्भर बन्ने सबैको रहर !!!

यो पनि मनपर्न सक्छ

राजनप्रसाद पोखरेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*