कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार आनन्द महर्जन चुनाव प्रचारप्रसारमा सक्रिय
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार

काठमाण्डौँ : मंसिर १६ गते हुन गईरहेको उपनिर्वाचनमा देशभरीबाट ४४ पदका लागि ४१० जनाले मनोनयन दर्ता गरेर चुनावी मैदानमा होमीएका छन् । उम्मेदवारहरु आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसारमा गरिरहेका छन् । देशका अन्य पालिकाहरुको भन्दा काठमाण्डौं कीर्तिपुरको नगर प्रमख पदलाई चासोको रुपमा हेरिएको छ ।
कीर्तिपुर नगरपालिकाको नगर प्रमख पदको लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्य एक आनन्द महर्जन मेयर पदका उम्मेदवार हुन् । मेयर पदकालागि स्वतन्त्रबाट उम्मेदवार दर्ता गराएका महर्जन पनि चुनावी प्रचारप्रसारमा होमिएका छन् ।
उम्मेदवारी दर्तापछि मेयर पदका उम्मेदवारहरु आफ्नो चुनावी दस्तावेजहरु सहित विभिन्न वडा तथा टोलहरुमा प्रचारप्रसार गरिरहेका छन् । मेयर पदका लागि उम्मेदवार दर्ता गराएका आनन्द महर्जनले पनि कीर्तिपुरलाई नमुनामय संस्कृतिक सहर निर्माण गर्ने लक्षकासाथ आफ्नो दस्तावेज तयार गरेका छन् ।
को हुन् स्वतन्त्र उम्मेदवार आनन्द महर्जन ?
कीर्तिपुर नगरपालिका वडा नं. ६ जलविनायकमा बि.स.२०३८ साल जेठ २ गते जन्मिएका आनन्द महर्जनलाई बाल्यकालदेखि नै कीर्तिपुरमा शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी लगायत अन्य धेरै समस्याहरु बारे थाह छ । करिब तीन वर्षको हुँदा बुवाको निधनपछि कलिलो उमेरमै पारिवारिक जिम्मेवारी थपिएकाले कीर्तिपुरमा भएका समस्यासँग झन् नजिक भएको आनन्द महर्जनको भनाई छ ।
आनन्द महर्जन भन्छन्, “कलिलो उमेदेखि नै सामाजिक काममा सक्रिय हुँदै आएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी सहित नेवारी संस्कृतिको संरक्षण नहुनु कीर्तिपुरको प्रमुख समस्याहरु हुन् । यी समस्याहरु समाधान गर्न आफूनै जिम्मेवारी पदमा पुग्नुपर्दो रहेछ भन्ने विचारले मेयर पदकालागि उम्मेदवार दर्ता गरी चुनावी प्रतिस्पर्दामा छु ।”
बाल्यकालदेखि नै कीर्तिपुरवासीको पीडा बुझेका स्वतन्त्रबाट मेयर पदका उम्मेदवार आनन्द महर्जन बाल्यकालदेखिनै अन्य राजनीतिक दलका झण्डा बोकेर चुनाव जिताएको तर आफूले सोचेजस्तो बिकास कुनै पनि राजनीतिक दलका उम्मेदवारले नगरेको भनाई छ । उनी भन्छन्, “कहीले काँग्रेसको झण्डा बोकेर जितायौँ,कहीले एमालेको झण्डा बोकेर एमालेलाई चुनाव जितायौँ र कहीले माओवादीको झण्डा बोकेर माओवादीलाई जितायौँ । तर कुनै पनि राजनीतिक दलका उम्मेदवारबाट कीर्तिपुर विकासको लागि पार लागेन ।”
बाल्यकालदेखि सामाजिक काममा सक्रिय रहेका महर्जन विकासको लागि निडरसाथ बोल्नसक्ने क्षमाता भएका व्यक्ति हु्न् । सामाजिक हितको लागि आफ्नो समय खर्च गरेका महर्जन जहिले पनि कीर्तिपुरको विकासको लागि बोल्छन् । चुनावपछि निर्वाचित भएमा कीर्तिपुरको मुहार फेर्न सपना महर्जनको छ ।
Advertisement
स्वतन्त्र उम्मेदवार आनन्द महर्जनका प्रतिवद्धता ?
शिक्षा, स्वाथ्य, रोजगार, पर्यटन, भौतिक पूर्वाधार, कला संस्कृतिक, खेलकूद, खानेपानी लगायतमा भएका समस्याहरु महर्जनको प्राथामिकतामा रहेका छन् । फोहरमैला व्यवस्थापन र प्रशासनिक सुधार जस्ता जनलाई अति वाश्यकतामा पर्ने क्षेत्रका समस्याहरु समाधानका लागि प्राथामिकतामा रहेका छन् ।
कीर्तिपुरको मौलिक संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै संस्कृतिक सहरको रुपमा कीर्तिपुरलाई चिनाउन पहल गरिनेछ । कीर्तिपुरको मौलिक उत्पादनको बृद्धि गरेर रोजगार सृजना गर्ने महर्जनको संकल्प रहेको छ । त्यसैगरी कीर्तिपुर आफैमा ऐतिहासिक सम्पदाले विशेष मानिने भएकाले पर्यटन विकासमा थप सृर्जनशीलताकासाथ विकास गरिनेछ ।
त्यसैगरी कीर्तिपुर नगरपालिकाको प्रत्येक वडामा एउटा स्वाथ्य चौकी स्थापना गरी नागरिकलाई स्वाथ्य उपचारमा सहज बनाउने लक्ष्य रहेको छ ।हाल कीर्तिपुरमा स्थापना भएका अस्पतालहरुमा आर्थिक रुपमा कम्जोर नागरिकलाई निशूल्क वा कम शुल्कमा उपचार गराउने व्यवस्था गर्ने । त्यसैगरी टोलदेखि वडा स्तरका महिलालाई नगरस्तरसम्मको नीति निर्माण र कार्यन्वयन गर्न तहसम्म सहभागी बनाउने । प्राचिनकालका पूराना वस्ती, मौलिक संस्कृतिका वाजागाजाको उचित संरक्षण गर्दै पूरानो कलात्मक संरचनाको खोजि गर्ने ।
Advertisement
कीर्तिपुर नगरपालिकामा उच्चशिक्षा अध्ययनका लागि आमन्त्रित विद्यार्थीहरु र अस्थायी वा स्थायी रुपमा बसोबास गर्नेहरुलाई कीर्तिपुरको मौलिक संस्कृतिमा जोड्दै पर्यटन व्यवसायलाई थप व्यवसायिकरुपमा अगाडि बढाउने । त्यसैगरी कीर्तिपुरको सडक व्यवस्थापनमा ध्यान दिएर प्रभावकारीरुपमा सञ्चालनमा ल्याउने, कीर्तिपुर नगरपालिकाबाट विभिन्न वडा र टोलमा जोडिएका सडकहरु पूर्ण रुपमा स्तरउन्नती गरी नागरिकलाई सहजताको महसुस् गराउने लगायतको पहल गरिनेछ ।
कीर्तिपुरको विष्णुदेवी अस्पताललाई प्रभावकारी रुपमा व्यवस्थापन सहित सञ्चालन गरी, अस्पतालमा भएको राजनीतिक भागबण्डा प्रणालीलाई निरुत्साहित पारेर जनतालाई सहजसाथ सुविधा दिन पहल गरिनेछ । त्यस्तै कीर्तिपुरको मौलिक उत्पादन, चोभार डाँडामा व्यवस्थित पर्यटकीय पार्क निर्माण, सम्पदालाई पर्यटन व्यवसायसँग जोडेर कीर्तिपुरका किसान र युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने ।
चुनावी घोषणा—पत्र सहित आनन्द महर्जन वडा र टोलमा पुगेर मतदाताहरुलाई भेट गरीरहेका छन् । स्थानीय बुद्धिजीविहरुसँग बसेर निवार्चन परिणामबारे छलफल गरिरहेकाछन् । कुनै दिन अन्य पार्टीको झण्डा र चुनाव चिन्ह समातेर प्रचारप्रशारमा हिँडेका महर्जन यस उपनिवार्चनमा आफैले उम्मेदवारी दर्ता गराई मतदाताहरुसँग आफ्नोलागि मत मागिरहेका छन् । महर्जनलाई कीर्तिपुर नगर प्रमुखमा विजय हुने आशा छ र किर्तिपुरलाई समुन्नत र संस्कृतिक सहरकोरुपमा निर्माण गर्ने सपना छ ।
यो पनि मनपर्न सक्छ
- तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
- नेपाललाई एआई हब बनाउने उपाय : अवसर, चुनौती र रणनीतिक कार्यान्वयन
- राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रकृया
- विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने हुनुपर्छ– नरबहादुर विष्ट
टीओएन