हाइड्रोजन ग्यासको उपदेयिता

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

हाइड्रोजन ग्यासको उपदेयिता

हाम्रो साझाघर पृथ्वीको रक्षा गर्न हामी सबै एकजुट भैइ अग्रसर हुने दिन आई सकेको छ । जलवायु परिवर्तन, जैविक विविधता र प्रदूषणको त्रिआयामिक संकट हरेक बर्ष तीब्र एवं पेचिलो हुदै गएरहेको छ । तमाम जोखिम एवं चुनौतीका बाबजुद हरित एवं समतामुलक विश्व अर्थतन्त्र हासिल गर्न सकिन्छ । प्रकृतिको दोहन गरि ऐतिहासिक लाभ उठाएका विकशित देश र समुदायहरु आफ्नो लाभ स्वीकार्दै जलवायु संकट न्युनिकरणका लागि बिशेष दायित्व बहन गर्नुपर्ने हुन्छ । तर यी लक्ष्य हितका लागि दिगोपनालाई केन्द्रमा राख्दै पुरा गर्नुपछ । यो मानिस र पृथ्वी बिचको अन्तरानिहित सम्बन्धलाई पुन ःसंतुलित गर्ने उदेश्य हो ।

साझाआकांक्षाको उत्थान गदै र औसत सून्य–कार्बनउत्सर्जनको भविष्य निमार्ण गर्न समतामुलक जलवायु रुपान्तरण र दिगो विकास लक्ष्यको पूुर्तिको लागि अन्तर्राष्ट्रिय सम्झौता कार्यन्वयनमा जोड दिनु हो । निश्चित समय सिमाभित्र प्रगतिलाई गति दिनु पर्दछ । र सून्य कार्वनउत्सर्जन हासिल गर्ने, संरक्षणका नयाँ उपायका साथै वन विनास रोक्न, प्रकृतिको सम्मान गर्ने लक्ष्य तय गर्नुपदर्छ । बढ्दो जलवायु परिवर्तनका कारण यसको महत्व संसारभर बढ्दैछ । हाल नेपाल सरकारले पनि ग्रीन हाइड्रोजनको उत्पादन तथा सह उत्पादन गर्ने उद्योगहरुलाई विभिन्न सुविधा दिने निर्णय गरि प्रोसाहित गरेको छ । हाइड्रोजन नीतिलाई कार्यन्वयनमा ल्याउन विधुत विधेयकलाई संशोधन गरेर आवश्यक व्यवस्था गर्नु पर्दछ । नभए छुट्टै हाइड्रोजन ऐन नै ल्याउनु पर्छ । ग्रीन हाइड्रोजन के हो त ? यो मुख्यतयः विजुलीले पानीलाई टुक्राएर हाइड्रोजन उत्पादन गर्छ । इलेक्ट्रोलाइसिस प्रक्रिया मार्फत पानीमा हुने अक्सिजन र हाइड्रोजन टुक्राइने छ । त्यसरी उत्पादन हुने हाइड्रोजनबाट विजुली निकाल्न सकिन्छ । जुन सामान्य विजुली भन्दा सस्तो र राम्रो हुन्छ । साथै त्यसरी निकालिएको हाइड्रोजनबाट सवारी साधन र उधोगहरु संचालन गर्न सकिन्छ ।

यो पेट्राल लगायत अन्य ऊर्जा पदार्थको तुलनामा प्रदूषणरहित हुन्छ । हाइड्रोजनबाट रसायनिक मल पनि बनाउन सकिन्छ । त्यस कारण पछिल्लो समय विश्वले ग्रीन हाइड्रोजनको उत्पादनमा जोड दिइएको छ । विभिन्न अध्ययनले ठूला पानी जहाज, लरी , ट्रक, बसहरु हाइड्रोजन मार्फत संचालन गर्दा आर्थिक र वातावरणीय हिसाबले अत्यन्तै लाभदायी हुने देखिन्छ । हवाई जहाज निर्माता कम्पनी एयर बसले पनि हाइड्रोजनबाट चल्ने हवाई जहाज निमार्ण गरिसकेको छ । विभिन्न अध्यनले विश्वव्यापी रुपमा खपत हुने उर्जामा २५ प्रतिशतको अनुपातमा ग्रीन हाइड्रोजनको हिस्सा ओगट्न सकिने देखाएको छ ।

जलवायु परिवर्तको कारण स्वच्छ उर्जाको आवश्यकता बढ्दै गएको छ । त्यसमा ग्रीन हाइड्रोजन शत प्रतिशत स्वच्छ उर्जा हो । जर्मन, अमेरिका र चीनले ऐनको मूल विषय बताएर नवीकरणीय उर्जालाई अनुदान प्रदान गरेका छन् । त्यस्तै अष्ट्रेलिया पनि यसको उत्पादन पछि पछि दौडिरहेको छ । हरित हाइड्रोजन विश्व अर्थतन्त्रलाई जलवायु विनासकारी जीवाष्मा इन्धनबाट शतप्रतिशत नविकरणीय उर्जामा आधारित दिगो मोडेल तर्फ अग्रसर गराउने र दिगो समावेशी समृद्वि तर्फको यात्रामा सहयात्रीका रुपमा साचो नविरणीय उर्जासँग छ ।

ग्रीन अग्रदुतका रुपमा साचो नविरणीय उर्जासंग छ ।
ग्रीन हाइड्रोजनका फाइदाहरु ः–
१) पेट्रोलियम पदार्थको तुलनामा प्रदूषणरहित ।
२) डिजल र कोइला विस्तापित गर्न सकिने ।
३) पेट्रोलियम जस्तै सहज प्रयोग गर्न सकिने ।
४) विधुतको खपत र पानीको सदुपयोग बढाउने ।
५) पेट्रोल, डिजल विधुत भन्दा सस्तो ।
६) फलाम प्रशोधन गर्न सहज हुने ।
७) रासायनिक मल कारखाना स्थापनामा सहयोग ।

अहिले २ हजार गिगावाट भन्दा बढी विधुत उत्पादन कोइलाबाट हुने गर्छ । जीवाष्मा इन्धनले १.५ डिग्री सेल्सियसको औसत तापमान बृद्धिको सीमा कटाउन पर्याप्त कार्बन उत्सर्जन गर्छ । विश्वका उन्नत अर्थतन्त्र, जसले सबैभन्दा बढी कार्बन उत्सर्जन गर्छन । तिनले जीवाष्मा इन्धनको प्रयोग घटाउनु पर्छ । सन् २०३० सम्म मा कोइला , सनं २०४५ सम्ममा तेल र सन् २०५० सम्ममा प्राकृतिमक ग्यासको प्रयोगमा रोक लगाउनु पर्छ भनि पेरिस सम्मेलनमा सम्झौता भएको थियो । हरित ग्यास संक्रमणको रोकथामका लागि कार्बन सोस्ने उष्ण क्षेत्रिय वन भएका मुलुकलाई यस्ता वनको संरक्षण प्रयासका लागि आवश्यक स्रोत उपलब्ध हुनुपर्छ । कार्बनउत्सर्जन कम गर्न जलवायु अनुकूुलन प्रविधिहरुको प्रयोग गर्नु पर्ने आवश्यकताका लागि हरित उत्पादनशील र समावेशी विकास हासिल गर्न जरुरी छ । जलवायु र विकास एकिकृत समाधानका लागि नीति र लगानी गर्नु पर्ने विश्व बैकको सुझाव छ । चीन २७ प्रतिशत कार्बन उत्सर्जन गर्ने मुलुक भएता पनि सौर्य र वायु प्रविधि मा विश्वमा नै अग्रणी स्थान छ । चीन र अमेरीकाले जीवाष्मा इन्धनलाई प्रतिस्थापन गर्ने उदेश्यले विश्वव्यापी नविकरणीय उर्जा तीन गुणा बृद्धि गरि मिथेन ग्यास र प्लास्टिक प्रदूषण घटाउने लक्ष्य लिएका छन् ।

चीन जलवायु परिवर्तनलाई आर्थिक नभई प्राविधिक रुपमा हेर्छ । चीनको विशाल घरेलु बजार र वायु एवं सौयको व्यापक प्रयोगले नविकरणीय लागत घटाउन योगदान पु¥याएको छ । चीनको यो किफायती हरित उर्जा बिकासशील राष्ट्रका लागी पनि उपयोगी हुन्छ । चीन विधुतीय वाहन उत्पादन र बिक्रिमा विश्व मै अग्रणी स्थानमा छ । सन् २०२३ मा जलविधुत, वायु, सौर्य विकास गरि उदाहरणको रुपमा छ । जैविक उर्जा र आणविक क्षेत्रमा न्यून कार्बन स्रोतले चीनको विधुत उत्पादन क्षमताको ५३ प्रतिशत भन्दा बढि हिस्सा ओगटेको छ । चीनले स्वच्छ उर्जालाई प्रोत्साहन गरेको छ । चीनको छिङहाईप्रान्तको सौर्य उर्जा योजना अन्र्तगत सौय प्यानलले वालुवाको गतिलाई स्थिर बनाउछ, सौर्यको किरण सोस्छ, पानीको बाष्पीकरण घटाउछ र बिरुवाको अस्तित्वलाई बढाउछ भन्ने देखाइएको छ ।

 

यो पनि

 

सन् २०५० सम्ममा नेट –जिरो उत्सर्जनका लागि हरित हाइड्रोजन, उन्नत आणविक उर्जा सुधारिएको सौर्य एवं वायु उर्जा र जीवाष्मा इन्धनको प्रयोग बाट आउने कार्बन कब्जा र भण्डारण गर्ने प्रभावकारी विधि समावेश छन् । वि.स. २०८० साल चैत्र १८ गते काठमाडौ विश्व विद्यालयले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेशन निमार्ण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन ग्यास भरि गुडाएको हो । यस स्टेशन निमार्ण गरि हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन ग्यास भरि गुडाएको छ । यस स्टेशनबाट करिब ४० देखि ४५ युनिट विधुत खपत गरी १० लिटर पानी खण्डीकरण गरेर दैनिक २ किलो हाइड्रोजन ग्यास उत्पादन गरिरहेको छ । उसको मुख्य उदेश्य भनेको हरित कर तथा कार्बन भएको माध्यमबाट कार्बन उत्सर्जन न्युनिकरण गर्ने हो । बातावरण र बिकास बिच सन्तुलन कायम गर्न हरित विकाशको अवधारणा कार्यान्यन गर्ने हो । यस उदेश्यलाई सफलता प्राप्त गर्न निम्न कुरा अबलम्बन गर्नु जरुरी छ ।

१) भौतिक पूर्वाधार विकाशका कार्य गर्दा हरियाली प्रर्वद्धन गर्नु जरुरी छ । नीतिगत व्यवस्था गरि कडाईका साथ पालना गर्ने गराउने ।
२) विपत जोखिम न्यूनिकरण हुने गरि भौतिक संरचना निमार्ण गर्ने ।
३) चक्रिय अर्थतन्त्र र हरितअर्थतन्त्रको बिकासमा जोड दिने ।
४) प्रदूषण न्यूनिकरण गर्न स्वच्छ उर्जा निर्माण गरी उपभोग दर बढाउने ।
५) वन विनास न्यूनिकरण र वातावरण संरक्षणका लागि समुदाय स्तरमा जनचेतना फैलाउने ।
६) भौतिक वस्तुको बढ्दो उपयोग र भौतिक सुख सुविधामा रमाउने जीवन शैलीमा परिवर्तन गरि प्रकृतिको सामिप्यमा रमाउने जीवन शैलीतर्फ आम नागरिकलाई अभिमुख गराउने ।
सम्पूर्ण विश्वलाई नै दीर्घकालीन रुपमा लाभ लिने वस्तुको उत्पादन र प्रयोगमा ल्याउने नीति ल्याई कार्बन उत्सर्जनलाई निरुसाहित र हरित हाइड्रोजनलाई प्रोत्साहन गरि सम्पूर्ण प्राणी जगतको रक्षा गर्नु पर्ने हुन्छ ।

यो पनि मनपर्न सक्छ

शिव कुमार श्रेष्ठ ‘शिवांसु’

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*