रुसलाई विभाजन गर्न खोज्नेहरु विरुद्ध प्रतिशोध लिने पुटिनको वाचा

प्रकाशित मिति: १० श्रावण २०८१, बिहीबार

रुसलाई विभाजन गर्न खोज्नेहरु विरुद्ध प्रतिशोध लिने पुटिनको वाचा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो देशको शक्तिशाली कानून प्रवर्तन एजेन्सीहरूको प्रभावकारिता र अटुट वफादारीको प्रशंसा गर्दै रुसी समाजलाई विभाजन गर्न खोज्ने विरुद्ध बदला लिने वाचा गर्नुभएको छ ।

पुटिन ले युक्रेनमा चलिरहेको आफ्नो सैन्य आक्रमणका बीच नागरिक समाज, स्वतन्त्र मिडिया र विपक्षीहरूमाथि दशकौं लामो दमनलाई बढाएको छ र क्रेमलिनप्रतिको असहमति र आलोचकलाई वर्षौं लामो जेल सजाय दिइएको छ ।

“हाम्रो समाजलाई विभाजन गर्न मानिसहरुलाई त्रसित बनाउने, धार्मिक वा राष्ट्रिय भावनाहरूसँग खेल्ने प्रयास गर्नेहरू कहिल्यै सफल हुने छैनन्”, क्रेमलिनले पोस्ट गरेको भिडियो सन्देशमा पुटिन ले भन्नुभयो । “अपरिहार्य र न्यायपूर्ण प्रतिशोध उनीहरूको प्रतीक्षामा छ ।”

रुसले नियमित रूपमा क्रेमलिनको विरोध गर्नेहरूलाई वर्णन गर्न यस्तो भाषा प्रयोग गर्दै आएको छ ।

पुटिन ले रुसको “अनुसन्धान अधिकारी दिवस” को अवसरमा आयोजित समारोहमा यस्तो अभिव्यक्ती दिनुभएको हो । उहाँले समारोहलाई सम्बोधन गर्दै अनुसन्धान समिति र एफएसबी सुरक्षा सेवाहरूसहित विभिन्न रूसी कानून प्रवर्तन एजेन्सीहरूलाई सम्मान व्यक्त गर्नुभयो ।

“अनुसन्धानकर्ताहरूले पितृभुमि र हाम्रा जनताप्रति बिना शर्त वफादारी देखाउँदै आएका छन्”, पुटिनले भन्नुभयो

इरानद्वारा इजरायलका प्रधानमन्त्रीलाई स्वागत गरेकोमा अमेरिकाको निन्दा

गाजामा चर्किरहेको घातक युद्धका बीच इजरायली प्रधानमन्त्रीलाई स्वागत गरेकोमा इरानले बिहीबार अमेरिकी सरकारको निन्दा गरेको छ ।

“तेल अवीवले हरेक दिन प्यालेस्टिनी बालबालिकाहरूको हत्या गरिरहेको छ र यी सबै अपराधको मुख्य व्यक्तीलाई अमेरिकाले ताली बजाएर स्वागत गरेको छ”, इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो ।

“नौ महिनाको नरसंहार र शिशु हत्या निम्त्याएका नक्कली शासनको अपराधिक प्रधानमन्त्रीलाई समर्थकहरूले अँगालेका छन्”, उहाँले बुधबार अमेरिकी काङ्ग्रेसलाई सम्बोधन गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई उद्धृत गर्दै भन्नुभयो ।

प्रधानमन्त्री नेतान्याहूले मध्यपूर्वका लगभग सबै साम्प्रदायिक हत्यामा तेहरान संलग्न रहेको दाबी गर्दै इरान विरुद्ध गठबन्धनको आह्वान गरेपछि उहाँ विरुद्ध यो टिप्पणी आएको हो।

“अमेरिका र इजरायलले आज बढ्दो इरानी खतराको सामना गर्न मध्यपूर्वमा सुरक्षा गठबन्धन बनाउन सक्छ”, उहाँले अमेरिकी सांसदहरूलाई भन्नुभएको थियो ।

इजरायली तथ्याङ्कअनुसार प्यालेस्टिनी उग्रवादी समूह हमासले अक्टोबर ७ मा इजरायलमा आश्चर्यजनक आक्रमण गर्दा एक हजार १ सय ९७ जनाको मृत्यु भएपछि गाजामा युद्ध सुरु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार युद्ध सुरु भएदेखि गाजापट्टीमा इजरायली सैन्य आक्रमणमा ३९ हजार एक सय भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

इरानले अक्टोबर ७ मा भएको हमलामा आफ्नो संलग्नता नभएको बताएको थियो ।

यो पनि मनपर्न सक्छ

एजेन्सी

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*