समस्या बुझ्ने को ??
प्रकाशित मिति: २३ असार २०८१, आईतवार
असारे मास…परेको झरी… रोकिन मानेन ।
मान्छेको पीडा कस्तोछ भनी यसले जानेन ।।
गाहकी छैनन् पसल खाली वित्योनी दिन यो ।
समस्या माथी समस्या मात्रै आउँछन् किन हो ।।
महिना पुग्छ मालिक आई भाडा ले भन्दछ ।
कसरी चित्त बुझाउँ उस्को व्यापारै मन्द छ ।।
महंगी धेरै भाडा नी धेरै चल्ने हो कसोरी ।
तिर्नु नै पर्ने खर्चको चाङ जसरी तसोरी ।।
कारिन्दा सबै बेकामी भए बेपार नचल्दा ।
कसरी अब गुजारा चल्ला चुलो नै नबल्दा ।।
सत्ताको मोह कुर्चीको खेल नेता’ला ठिक्क छ ।
समस्या अनि अभावै अभाव हामी’ला दिक्क छ ।।
भएका युवा सकिन थाले विदेश गएर ।
रमिते बनि हेर्दैछन् नेता लाचारी भएर ।।
तिरेर कर राज्यको लागि के पायौ सुविधा ।
गरौँ की छाडौँ व्यापार पनि बनायो दुविधा ।।
आजको दिन फुर्सद मिल्यो कविता कोरें है ।
कम्जोरी भए सच्चाई दिनु यी हात जोड़ें है ।
यो पनि मनपर्न सक्छ
सौगात पोखरेल