कठै मेरो देश !!!
प्रकाशित मिति: १६ जेष्ठ २०७८, आईतवार
देश, अर्थात् जन्मभूमि
स्वर्गभन्दा प्यारो लाग्नु पर्ने देश
तर यहाँ त म न हाँस्न सक्छु
न त सुखले बाँच्न सक्छु ।
म हाँस्न खोज्छु, देशलाई सम्झन्छु
र भन्छु; कठै मेरो देश !
म केही बोल्न खोज्छु मेरो देशलाई सम्झन्छु
र भन्छु; कठै मेरो देश !
कति धेरै छन् मेरा मनमा आशा र चाहना
र फेरि म दल, नेता र सरकारलाई हेर्छु र भन्छु;
कठै मेरो नेतृत्व !
मलाई साह्रै दुःख र घृणा लागेर आउँछ
यो परिस्थिति देखेर म फेरि भन्छु कठै मेरो देश !!!
कठै मेरो देश !!
कति छन् मनमा आशा
गर्छु भनेर काममा लाग्न खोज्छु
मेरो देशको अवस्थालाई सम्झिन्छु !
कति युवा छन् जो यही देशमा केही गर्छु भन्ने
फेरि तिनीहरूले पनि त आफ्नो देश लाई सम्झिन्छन् ।
कति जना दुबही, कतार गए
तर पनि फेरि आफ्नो देशलाई सम्झिन्छन्,
त्यस्तै म पनि एउटा पात्र हुँ जो फेरि
आज आफ्नो देशलाई सम्झिन्छु ।
हो,
यो देशमा केही गर्न कसै न कसैको
कोही न कोही हुनु पर्छ
म फेरि म मेरा बा आमालाई सम्झिन्छु
म एउटा भर्खर कलेज पढ्दै गरेको बालकलाई हेर्छु
अनि फेरि भन्छु कठै मेरो देश !!!
कठै मेरो देश !!
मेरो देश हेरेर मलाई सारै माया लाग्छ ।
के गर्ने होला भनेर र म मेरो फेरि बा आमालाई हेर्छु,
जसले मलाई केही गर्छ भनेर हेरिरहेका छन्
अनि फेरि म एक पटक मेरो देशलाई हेर्छु ।
म उठेर हिँड्न खोज्छु
अनि लडाउने म मेरो देशलाई हेर्छु
म बिस्तारै पाइला चाल्न खोज्छु
अनि यो पटक म मेरो समाजलाई हेर्छु
यो समाज कता जान खोज्दै छ ???
यो मालाई थाहा छैन
तर म यो देशको परिस्थिलाई हेर्छु र मन मनै भन्छु
कठै मेरो देश !!!
मलाई माया लागेर आउँछ ।
एक पटक नेतालाई हेर्छु र भन्छु कठै मेरो देश !
कता जाँदै छ आजको समाज ?
रेल आउँछ भन्छन्
म खाना नपाएको नागरिकलाई हेर्छु भन्छु
कठै मेरो देश !!!
म खाना नपाएको नागरिक लाई हेर्छु
र नेताको हँसाउने भाषण हेरी भन्छु
कठै मेरो देश !!!
अब त केही गरम्ला भनी सोच्छु,
र देशको परिस्थिति हेरी भन्छु
कठै मेरो देश !!!
म लाखौं जनताको आश हेर्छु,
सरकारले केही गर्ला भनी बसेका जनताको
अन्तिम सासलाई हेर्छु र भन्छु
कठै मेरो देश !!!
के गर्ला थाहा छैन तर म फेरि सोच्छु कठै मेरो देश !
यो कुर्चीको झगडा थाहा छैन ,
कहिलेसम्म तर यो दुखी समाजलाई हेरेर फेरि भन्छु
कठै मेरो देश !!
के छ राज यो कुर्चीमा थाहा छैन
के छ शक्ति छ थाहा छैन
र फेरि भन्छु कठै मेरो देश !!!
आज यो समाज छटपटाई रहेको छ
तर नेताहरू कुर्चीको लागि हानाहान गर्दै छन्
किन थाहा छैन र ???
यो अन्तिम पटक म भन्दै छु
कठै मेरो देश !!!
यो पनि मनपर्न सक्छ
सन्तोष पोखरेल