नेकपा को एकताको आधारः नयाँ वैचारिक कार्यदिशाको संश्लेषण

प्रकाशित मिति: ५ भाद्र २०७७, शुक्रबार

नेकपा को एकताको आधारः नयाँ वैचारिक कार्यदिशाको संश्लेषण

सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्र र माक्र्स एंगेल्सद्धारा प्रतिपादीत माक्र्सवादी दर्शण आजको विश्वमा थप वैज्ञानिक पुष्टी हुँदै गएको छ । माक्र्सवादी दार्शनिक पद्धती नै वस्तुगत रहेको र आजभन्दा झण्डै २०० वर्ष पहिलेको विश्लेषण आज आएर जीवन व्यवहारमा सिद्ध हुँदै जानुले माक्र्सवादको दूनियाँलाई वुझ्ने, विश्लेषण गर्ने र यसको निकास सम्वन्धिको जुन अवधारणा छ त्यो आज झन बलशाली भएर औचित्यपूर्ण सावित भएको छ । विश्व दृष्टीकोणको मामलामा वा समाज विकास क्रमको शीलशीला र विधिको विषयमा माक्र्सवादी अवधारणा नै सहि सावित भएको छ । माक्र्स एंगेल्सले भने झैं आज विज्ञान र प्रविधिको जुन ढंगले विकास हुँदै गएको छ यसले विशाल विश्व जगतमा साम्यवादलाई संभव हुने आधार तयार गर्दै गएको छ ।

यसरी माक्र्सवादी सिद्धान्त एक पछि अर्को वस्तुसंगत हुँदै जानुको एक मात्र कारण माक्र्सवाद आफैमा धर्मशास्त्रका रुढ वा जड सूत्रको रुपमा नभएर यो निरन्तर विकसित हुँदै जाने गतिशिल सिद्धान्त हो । यो समयक्रमसँगै थप समृद्ध हुँदे जान्छ तर त्यसको जुन आत्मा हो त्यो साश्वत सावित भैसकेको छ । आजका जति पनि वैज्ञानिक आविश्कारहरु भएका छन् ति सवै माक्र्सवादी विश्व दृष्टीकोणमा आलोकित छन् । अतः आजको विश्व कम्युनिष्ट आन्दोलनमा एउटा गंभीर प्रश्न के खडा भएको छ भने यस्तो वैज्ञानिक सिद्धान्त र विश्व दृष्टीकोण अंगालेको पार्टी कम्युनिष्ट पार्टीले ठूला ठूला क्रान्तिहरु सफल गरेर स्थापीत कम्युनिष्ट सत्ताहरु किन टीकाउन सकेन ? वा किन कम्युनिट सत्ताहरु ढले ? माक्र्सवाद जस्तो वैज्ञानिक सिद्धान्त अंगीकार गर्ने पार्टीहरुले त्यही उचाईमा राज्य व्यवस्थामा पनि त्यो सिद्धान्तलाई स्थापीत गर्न किन सकेनन् ? यो एउटा गंभिर सोचनिय प्रश्न रहेको छ । कम्युनिष्टहरुले हल गर्न विशेष गरी ध्यान दिनै पर्ने प्रश्न उब्जीएको छ कि सिद्धान्त र त्यसको मानविय जीवनमा प्रयोगको व्यवहारका विच कतै गंभिर अन्तरविरोध सृजना भएकै छ । भौतिक विकास र समृद्धि उत्कृष्ट ढंगले ल्याउन सक्ने, विज्ञान र प्रविधिको विकासले विश्व जित्न सक्ने कम्युनिष्टहरुलाई मानविय स्वतन्त्रताको सवालमा किन प्रश्न उठेको छ ? यो विरोधीहरुको केवल आरोप मात्र हो कि केही अपुग पनि रहेको छ भनेर सोच्नुपर्ने भएको छ । यही अन्तरविरोधको हल गर्न आजको २१औं शताब्दीमा माक्र्सवादलाई थप समृद्ध गर्न विचारको विकास जरुरी भएको छ ।

यहाँ माक्र्सवादले थप व्याख्या गर्नुपर्ने विषय छ मानव स्वभावको विषय । मानव स्वभाव यस्तो रहेको छ कि यसले भौतिक सुख सुविधाहरुको प्रयाप्ततावाट मात्रै सन्तुष्टी नहुँदो रहेछ । यसले थप स्वइच्छीक स्वतन्त्रता पनि खोज्दो रहेछ । हुनत यो पनि माक्र्सवादको द्धोन्दवाद भित्रकै कुरा पर्दछ कि मानव जातीले सुखलाई भौतिक र अभौतिक दुवैको योगका रुपमा लिंदोरहेछ । सोभियत सत्ताको विघटनसँगै उब्जीएको यहि राजनैतिक प्रश्नले समाजमा दुई खाले प्रवृतिको जन्म दियो । एकातर्फ कम्युनिष्ट विरोधीहरुले कम्युनिष्ट सत्तामा राजनैतिक र व्यक्तिगत स्वतन्त्रताको अभाव हुन्छ वा कम्युनिष्ट सत्ता सर्वसत्तावादी र निरंकुश हुन्छ भन्ने आरोप लगायो । भने अर्कोतर्फ स्वयं कम्युनिष्ट आन्दोलनभित्र प्रतिशप्रधा र स्वतन्त्रताको सुनिश्चित गर्ने नाममा माक्र्सवादमा संशोधन वा विचलनको समस्या देखाप¥यो ।

सोभियत संघमा सोवियत सत्ताले जुन तिव्रतामा युरोप भरी समाजवादी राज्यको स्थापना र आर्थिक, भौतिक एवं वैज्ञानिक विकासमा सफलता प्राप्त गरेको थियो त्यो दिगो र टीकाउ हुन सकेन । यसरी सोभियत सत्तामा विघटनको कारण कतै न कतै सोभियत सत्ताको चरित्र अभिन्न ढंगले जोडीएको छ । यहाँ प्रश्न उठ्छ कि सत्ताले भौतिक समृद्धि र सुखको सृजना मात्र नभएर मानविय स्वभावहरुको पनि महत्वका साथ ख्याल राख्नुपर्दछ । यहाँ सत्ताले निर्देशनात्मक, परिणाम र नेतृत्व केन्द्रित जनपरिचालन गर्नु वा नतिजा प्राप्तिको लागी जनताकेन्द्रित, कामहरुमा जनताको अपनत्व कायम गर्ने र जनताको स्वइच्छीक स्वतन्त्रताको मानविय स्वभावको सम्वोधनमा कमी सोभियत सत्ताको अपुग पक्ष हो । विश्व कम्युनिष्ट आन्दोलनमा सोभियत मोडलको शिक्षाले पारेको प्रभावको परिणाम स्वरुप नयाँ वहसको जन्म भएको हो । ठिक यही परिवेशमा विकसीत भएको हो मदन भण्डारीको वहुदलिय जनवादको सवाल र यही प्रश्नले जन्माएको हो तत्कालीन ने क पा माआवादी को २१औं शताब्दिको जनवादको सवाल । आजका कम्युनिष्टहरु सामु यो अहंम सवाल उपस्थित छ कि भौतिक आर्थिक विकासमा अब्बल रहेको कम्युनिष्ट सत्ताले वैचारीक राजनैतिक प्रतिश्पर्धालाई उच्चतम रुपमा व्यवस्थापन र जनताको स्वतन्त्रतालाई पनि अब्बल रुपमै सुनिश्चित गर्ने प्रणालीको विकास गर्नु छ ।

ठिक यहि विन्दुमा विश्व कम्युनिष्ट आन्दोलनले स्पष्ट दिशा लिन नसकिरहेको र नयाँ ढंगले यस समस्याको सामाधानका प्रयत्नहरुले सिद्धान्तको रुप धारण गरि नसकेको अवस्था छ । यस क्षेत्रमा नयाँ मोडलका रुपमा पछिल्लो चरणमा चिनियाँ कम्युनिष्ट पार्टीले काफी हदसम्म अभ्यास र विकास गर्दै आएको छ । १९आंै शताब्दीमा विश्व शक्तिका रुपमा उदाएको सोभियत मोडलका अप्रयाप्तताहरुलाई सामाधान गर्दै चिनियाँ मोडल अहिले पुनः विश्व शक्तिका रुपमा उदाउँदै र विकसित हुँदै गएको छ । यहि राजनैतिक मोड विश्व कम्युनिष्ट आन्दोलनको चुनौतीपूर्ण मोड वनेको छ । यहि विन्दुमा कम्युनिष्ट पार्टी र आन्दोलमा राजनैतिक कार्यदिशालाई लिएर विचलन देखा पर्दछ । कम्युनिष्ट सत्ता असफल भएको, यसको चरित्र सर्वसत्तावादी भएको प्रश्न उठाउँदै वुर्जुवा प्रतिष्प्रधाकै तहमा झर्ने र बहुदलिय प्रतिश्पर्धाको पूँजीवादी साम्राज्यवादी शासन प्रणालीमा समर्पन गर्ने विचलनवादी प्रवृति देखा पर्दछ । सच्चा माक्र्सवादीहरुका अगाडी यस खाले प्रवृतिको भण्डाफोर गर्दै कम्युनिष्ट सत्ताका अपुग पक्षहरुलाई माक्र्सवादी कोणवाट समृद्ध गर्दै राज्यसत्ताको चरित्र जनमुखी, कार्यशैलीमा जनता लक्षित एवं जनता कृन्द्रित, जनताको मानविय स्वभावको सम्वोधन सहित जनतामा साँचो प्रतिशपर्धाको प्रत्याभुत हुने आजको २१औं शताब्दीमा जनताको स्वतन्त्रता र अधिकारलाई नयाँ उचाईमा संगठीत गर्ने प्रतिशपर्धा र जनवादको विकास गर्ने अभिभारा छ ।

यो पनि

यहि राजनैतिक कार्यदीशालाई नयाँ उचाईमा संश्लेषण गर्ने प्रश्नमा मतैक्यताका कारण नेपालका दुई ठूला कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एमालेका विचमा पार्टी एकता संभव भएको हो । यो पार्टीको एकता वलियो र दिगो हुने कडी पनि ठीक यहिंनेर छ कि हामिले भनिरहेको दुईतिहाइको कम्युनिष्ट सरकारको चरित्र कसरी जनतातर्फ फर्किएको, जनताले सरकारका कामहरुमा अपनत्वको अनुभुत गर्ने र सरकारलाई वहुसंख्यक जनताहरुले आफ्नो ठान्ने कसरी वनाउने ? भौतिक आर्थिक समृद्धि हाँसील गर्न आम जनतालाई स्वइच्छीक ढंगले परिचालित हुने वातावरण कसरी वनाउने ? न कि सरकारका पद र मन्त्रिहरुको वाँडफाँट मात्र यसको निकास हो । कुर्सीमा कुनै व्यक्ति रहनु र नरहनुले केही अर्थ राख्दैन जती त्यो कुर्सिमा वस्नेहरुले गर्ने काम कार्वाही, जनतासँगको उसको सम्वन्ध र व्यवहारले राख्दछ । प्रश्न त राजनैतिक प्रणालीे विकासको हो । सिंगो सामाजिक प्रणालीको विकास र पार्र्टी भित्र विधि पद्धती वा पार्टी प्रणालीको विकास हो । एउटा व्यवस्थित प्रणाली वा पद्धतीको विकासविना पार्टीका पदहरुमा गरिने फेवदल र सरकारका कुर्चीहरुमा फेरिने अनुहारले मात्र तात्वीक रुपमा ठूलो भिन्नता राख्दैन । जति ति पद र कुर्चीहरुमा रहनेहरुले गर्ने काम, व्यवहार र शैलीवारेको पद्धतीको संस्थागत विकासले विशेष अर्थ र महत्व राख्दछ । यसले नै पार्टीलाई सुदृढ र सारकारलाई सफल पनि वनाउँछ ।

अतः समकालीन विश्व कम्युनिष्ट आन्दोलनमा सोभियत सत्ताको विघटन र चिनियाँ व्यवस्थाको उदियमान स्थितिको विहंगम अध्ययन गर्दै आजका विश्व साम्राज्यवादका विशेषताहरु समेतलाई मध्यनजर गरी २१औं शताब्दीमा सत्ताको नयाँ खाका वा मोडल निर्माण गर्ने र यस्तो राजनैतिक र वैचारिक कार्यदिशा निर्माणको महत्व वोध गर्न सक्दा र यसको निम्ती विचार संश्लेषणको आवश्यकतालाई ग्रहण गर्दै वैचारिक र राजनैतिक वहसको माध्यमवाट हामी कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा उठाउन सक्छौं । नेपालको कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ वनाउन सक्छौं र ने क पा लाई थप एकतावद्ध गर्दै पार्टी एकतालाई नयाँ उचाईमा सुदृढ गर्न सक्छौं ।

यो पनि मनपर्न सक्छ

बसन्त शर्मा 'कुशल'

केन्द्रिय सदस्य ने.क.पा.(माओवादी केन्द्र)

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*