पण्डित दीनबन्धु पोखरेललाईअमेरिकाको मानार्थ नागरिकता
प्रकाशित मिति: ४ असार २०७६, बुधबार
वासिङटन डिसी : सुविख्यात युवावाचक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ ।
सामुदायिक भवन निर्माणका लागि आयोजित सप्ताहमा बाचनका लागि हाल अमेरिकामा रहेका पण्डित पोखरेललाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।
