मेरो भौतिकवादी दर्शनमा आध्यात्मिकतालाई निषेध गरिएको छैन : अध्यक्ष प्रचण्ड ( भिडियो सहित)
प्रकाशित मिति: २३ बैशाख २०७६, सोमबार
काठमाडौ । नेपाल कम्युनिष्ट पाटी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भौतिकवादी दर्शनमा आध्यात्मिकता समाहित भएको बताउनु भयो ।
आज काठमाडौ सितापइला स्थित नारायण पोखरेल प्रतिष्ठान द्धारा आयोजीत गीताज्ञान अनुष्ठानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आध्यात्मिकता पूर्वीय ज्ञानको महत्व बोकेको मानविय मुल्य मान्यता र अनुशासनको बलमा मानव समाजलाई भौतिक समृद्धि तर्फ अगाडी बढाउने प्रकृया भएको बताउनु भयो ।
कार्यत्रममा बोल्दै अध्यक्ष प्रचण्डले दिवंगत पण्डित नारायण प्रसाद पोखरेलले आध्यात्मिक चिन्तन मार्फत भौतिक समृद्धिको निम्ती चलाएको अभियानलाई उहाँका सुपुत्र प्रतिष्ठान काप्रमुख संरक्षक एवं सुविख्यात युवावाचक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले अगाडी बढाएकोमा बिशेष आभार प्रकट गर्दै आध्यात्मिकता कुनै खास र्धम प्रतिको विश्वास वा अविश्वास नभएर मानव जातीको आत्मिय चिन्तनमा आधारित रहेर बाँच्ने ,सोच्ने र क्षमता बोध गर्ने तरिका सँग सम्बन्धित भएको समेत बताउनु भयो ।
कार्यत्रममा नेपाली काग्रेसका महामन्त्री डा.शसांक कोईराला, सासंद, पुर्वमन्त्री लगायत बद्धिजीवी पेशाकर्मीहरुको उपस्थिति थियो ।
गीता ज्ञान अनुष्ठानको कथा वाचन यहि मंगलबार देखि निरन्तर अगाडी बढ्ने आयोजकले जानकारी दिएको छ ।
यो पनि मनपर्न सक्छ
- भाद्रकृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै
- गाेपाल सिद्ध भजन समुहद्वारा भजनका भिडियोहरु सार्वजनिक (भिडियो सहित )