कीर्तिपुर नगरपालिका प्रमुख नकर्मीको निधन
प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार
काठमाडौँ : कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।
यो पनि मनपर्न सक्छ
- सम्पदाहरुको सङ्गमस्थल भक्तपुर
- देश र निर्वाचन क्षेत्र बाहिरबाट मतदान गर्ने व्यवस्था सम्बन्धमा सार्वजनिक नीति संवाद सम्पन्न
रासस