मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)मंगलवार, माघ ८, २०८१
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिलाई वि.सं. २०८१ साल सुरुमा आसलाग्दो देखिए पनि प्रतिकूल ग्रहहरूको प्रभावले संघर्षका दिन प्रारम्भ हुनेछन्। सही मार्ग पहिचान गर्न नसक्दा धन र शक्ति क्षय हुने सम्भावना देखिन्छ। शीर्षभावमा राहुको उपस्थितिले अहंकार तथा तामस प्रवृत्ति बढाउनेछ। काम, क्रोध, लोभ, मोह जस्ता भावले प्रश्रय पाउनेछन्। वैशाख १४ देखि जेठ २२ गतेसम्म हुने मंगल–राहुको युतिसम्बन्धले मनोविकार एवं विद्रोही भावना जागृत हुने देखिन्छ। जन्मकुण्डलीमा राहु र मंगल प्रतिकूल हुनेहरूलाई परिस्थितिले विवादास्पद भूमिकामा अवतरण गराउन सक्छ। उक्त समयमा बोली र व्यवहारमा संयम रहनुहोला। वर्षभरि खर्चभावमा रहने शनिको आद्य साढेसाती दशाले आर्थिक तथा भौतिक पक्षमा नोक्सान पुर्याउने देखिन्छ। आफन्त र साथीभाइ टाढा हुनेछन्। अधिक खर्च, नोकरीमा दुर्गम स्थानान्तरण, अपजस, आलोचना आदिले मन खिन्न हुनेछ। अवसरवादीहरूले साइनो गाँसी अनीतिको मार्गमा हिँड्न प्रेरित गर्नेछन्। परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। जन्मकुण्डलीमा शनि, राहु र मंगल प्रतिकूल हुनेहरूको समय प्रतिकूल रहनेछ। कमजोर समयमा आरोप, काममा विलम्ब, अर्थ अभाव, मानहानि, परिवारमा मतभेद जस्ता समस्या आउन सक्छन्। राहुको प्रभावले विवादास्पद काम गर्नुपर्ला। शनिको प्रभावले यात्रा कष्टपूर्ण बन्नेछ। जेठ २२ देखि असारसम्म मंगलको प्रभावले धन र वचनबाट प्रतिष्ठा जोगाउन समस्या पर्नेछ। वैशाख १७ गतेदेखि उद्योग तथा पराक्रममा बृहस्पतिको उपस्थितिले नयाँ जिम्मेवारी प्राप्त भए पनि कर्मक्षेत्रमा वादविवाद आउने सम्भावना देखिन्छ। तत्काल विरोध सामना गर्नुपरे पनि दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। केही भौतिक स्रोत–साधन जुटाउन पनि सफल भइनेछ। तर समाजसेवामा जुट्दा समेत चुनौती सामना गर्नुपर्ने देखिन्छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्यमान स्थितिमा उतारचढाव, नोकरीमा सरुवा तथा बसाइसराइको परिस्थिति समेत सिर्जना हुन सक्छ। केतुको प्रभावले घर–गृहस्थीमा उतारचढाव आउनेछ। समग्रमा वर्ष केही संघर्षमय रहनेछ। संयम व्यवहार तथा सावधानीले मात्र उपलब्धि जोगाउन सकिनेछ। प्रतिकूल समयमा सम्बद्ध ग्रहको शान्तिकर्म र इष्ट देवी–देवताको पूजा–आराधना गर्नाले परिस्थिति अनुकूल भइरहनेछ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। मंगलदायक श्रीगणेशको पूजा–आराधना गर्नाले मंगलको प्रभावले हुने समस्या हट्नेछन्। समयमा विधिपूर्वक ग्रहदेवताको पूजा गरी रुद्राभिषेक गर्नाले सम्पूर्ण ग्रहबाधा शान्त हुने शास्त्रवचन रहेको छ। सूर्यगतिका आधारमा जेठ, भदौ, पुस र माघ महिना लाभदायक रहनेछन् भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल रहन सक्छन्।
अरु राशीहरु
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)